![](https://internal.appharu.com/wp-content/uploads/2023/04/nesdo-laghubitta-768x384.jpg)
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ ।
पुस २ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
जसमा बोनस १४.२५ प्रतिशत र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी बार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
SHARE YOUR THOUGHTS