![](https://internal.appharu.com/wp-content/uploads/2024/12/shankher-sharma-768x491.png)
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले भारतका लागि नेपाली राजदूतमा डा. शंकर प्रसाद शर्मालाई नियुक्त गरेका छन् । संविधानको धारा २८२ को उपधारा १ अनुसार राष्ट्रपतिले बुधबार शर्मा नियुक्त गरेका हुन् ।
भारतले एग्रिमो पठाएपछि राष्ट्रपतिले औपचारिक रूपमा उनको नियुक्ति गरेका हुन् । अब शर्मा भारत गएर राजदूतको जिम्मेवारी सम्हाल्नेछन् । यसअघि पनि उनी भारतका लागि नेपाली राजदूतको भूमिकामा रहेका थिए ।
SHARE YOUR THOUGHTS