१ पुस २०८२, मंगलबार

एनपीएलका १४ स्पोन्सरले कति वर्षका लागि गरेका छन् सम्झौता ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण सम्पन्न हुन लागेको छ । एनपीएलको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले प्रतिस्पर्धा गर्दैछन् ।

नेपाल क्रिकेट संघ (क्यान) र व्यवसायिक अधिकार व्यवस्थापनको जिम्मेवारी पाएको ब्रान्ड डिजिटल लजिक प्रा।लिले एनपीएलका स्पोन्सर र उनीहरुको सम्झौता समय सार्वजनिक गरको छ ।

ब्राण्ड लजिकले क्यानको एनपीएलको डिजिटर र मार्केटिङ राइट्स ५ करोड रुपौयाँमा खरिद गरको छ । नेपालको घरेलु प्रतियोगिता पहिलो पटक स्टार स्पोर्ट्स नेटवर्कमार्फत प्रसारण गर्न सफल भएको ब्राण्ड लजिकले निम्न अनुसारका ब्राण्डलाई स्पोन्सरको रुपमा भित्राएको थियो ।

सिद्धार्थ बैंकले पाँच वर्षका लागि टाइटल स्पोन्सरको रुपमा सम्झौता गरेको छ। त्यस्तै पावर वाईमा एनसेल एक वर्षका लागि सम्झौता गरको थियो । ओमोडा एन्ड जेइको तीन वर्षका लागि सह प्रायोजक, केएफसी तीन वर्षका लागि आधिकारिक फुड एण्ड सेलेब्रेशन पार्टनर, खल्तीले तीन वर्षका लागि आधिकारिक टिकट पार्टनर, भिभो एक वर्षका लागि आधिकारिक स्मार्टफोन पार्टनर रहेको छ ।

त्यस्तै रेड बुलले पाँच वर्षका लागि, सोल्टी होटल एक वर्षका लागि आधिकारिक आतिथ्य पार्टनर, ड्रिम ११ एक वर्षका लागि आधिकारिक फ्यान्टासी पार्टनर, डिशहोम मिडिया र एक्शन स्पोर्ट्सले एक वर्षका लागि नेपालको आधिकारिक स्ट्रिमिङ पार्टनर, फ्यानकोड एक वर्षका लागि भारतको आधिकारिक स्ट्रिमिङ पार्टनर र नेपाल पे दुई वर्षका लागि आधिकारिक अम्पायर पार्टनर रहेको छ ।

यस्तै प्रेसिडेन्सियल कलेज तीन वर्षका लागि आधिकारिक एजुकेशन पार्टनर र ह्यापिडेन्ट एक वर्षका लागि आधिकारिक स्माइल पार्टनरको रुपमा रहेको छ ।