![](https://internal.appharu.com/wp-content/uploads/2024/12/462566566_3906691696255772_2350128919407489362_n-edited.png)
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दिपेन्द्र सिंह ऐरीले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।
क्यालिफायर एकमा जनकपुरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश गरको थियो । यता क्वालिफायर दुईमा कर्णाली याक्सलाई हराउँदै जनकपुरले फाइनलमा स्थान बनाएको थियो ।
लिग चरणको खेलमा सुदूरपश्चिमले समग्रमा फाइनल पुग्न अघि ८ खेल खेल्दा १ खेलमा मात्र पराजय व्यहोर्यो । यता जनकपुरले प्रतियोगिताको लिग चरणका ७ खेल मध्य ५ खेलमा जित निकाल्यो । लिगचरणमा जनकपुर सुदूरपश्चिमसँग पराजित भएको थियो ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/12/462566566_3906691696255772_2350128919407489362_n.png)
SHARE YOUR THOUGHTS