जीएसी मोटर्सद्वारा आकर्षक सुविधासहित एयोन विन्टर एक्स्चेन्ज क्याम्प, यस्ता छन् सुविधा « Eglish Khabarhub

जीएसी मोटर्सद्वारा आकर्षक सुविधासहित एयोन विन्टर एक्स्चेन्ज क्याम्प, यस्ता छन् सुविधा



काठमाडौं । जी मोटर्सद्वारा बिक्री हुने जीएसी मोटर्स नेपालले एयोन विन्टर एक्स्चेन्ज क्याम्पको घोषणा गरेको छ ।

यो विशेष अफर अन्तर्गत इच्छुक ग्राहकहरुले आफ्नो पुरानो गाडी साटेर नयाँ वातावरणमैत्री एयोन वाई खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । पुस १५ गते सम्म लागू हुने यो अफरले एयोन वाई खरिद गर्ने अनुभवलाई सहज र फाइदाजनक बनाउनका लागि विभिन्न सुविधा उपलब्ध गराएको छ।

ग्राहकहरूले प्रत्येक सट्टापट्टामा थप ५ लाख रुपैयाँको मूल्यांकन, एक आर्थिक वर्षको लागि निःशुल्क सवारी कर र एक वर्षको लागि निःशुल्क बीमा प्राप्त गर्नेछन् । यो अफरले वित्तीय सहायता पनि उपलब्ध गराउँछ, जसले खरिदको प्रक्रियालाई सरल बनाउँछ। तत्काल मूल्यांकन सेवा र सोही दिन डेलिभरीको सुविधासहित, एयोन वाई मा अपग्रेड गर्नु अझ सजिलो भएको छ।

एयोन वाईले नेपालमा सफलतापूर्वक लञ्च पछी ग्राहकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गर्दै आएको छ। यसको अत्याधुनिक डिजाइन र प्रविधिका कारण ५०० किलोमिटर रेन्ज, ६१ ।४ क्व्ह लिथियम आइरन फस्फेट ब्याट्री, ३६०° एचडी भ्यू क्यामेरा जस्ता प्रभावकारी विशेषताहरू रहेको एयोन वाईले नेपालमा विद्युतीय गाडीहरूको नयाँ स्तर कायम गरेको छ।

Publish on: