२९ मंसिर २०८२, आइतबार

रविविरुद्धको अभियोपत्र: आपराधिक समूहको सदस्य भई जानी जानी सहकारीको बचत रकम अपचलन गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले रवि लामिछानेसहित ३१ जनाविरुद्ध मुद्दा दायर गरेको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तीन विभिन्न कसुरमा अभियोग पत्र दायर भएको हो ।

लामिछानेसहितका प्रतिवादीले आपराधिक समूहको सदस्य बनेर सहकारीको बचत रकम अपचलन गरेको अभियोग लगाइएको छ । अभियोग पत्रमा संगठित अपराध निवारण ऐन २०७० को दफा ९ (क) र (ग) बमोजिम सजाय माग गरिएको छ।

‘रवि लामिछानेसहितका प्रतिवादीहरुले आपराधिक समूहको लाभका लागि आपराधिक समूहसँग मिलेर आपराधिक समूहको सदस्य भई जानी जानी सहकारीको बचत रकम अपचलन गरी संगठित अपराधको कसुर गरेको पुष्टि भएको देखिँदा निज प्रतिवादीहरुलाई संगठित अपराध निवारण ऐन २०७० को दफा ९ (क) र (ग) बमोजिम सजाय हुन,’ अभियोग पत्रमा उल्लेख छ।

अभियुक्तहरुविरुद्ध एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो दाबी गरिएको छ ।

रवि लामिछानेलाई कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी कास्की लगिएको थियो ।