२९ मंसिर २०८२, आइतबार

१७ बैंक खातामार्फत रवि निकिताले गरे करोडौंको कारोबार (कुनमा कति ?)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पत्नी निकिता लामिछानेको नाममा विभिन्न बैंकमा १७ वटा खाता सञ्चालनमा रहेको पाइएको छ ।

आइतबार जिल्ला सरकारी वकिलको कार्याल कास्कीले दायर गरेको अभियोगपत्रमा उल्लेख भए अनुसार लामिछाने र पौडेलको नाममा विभिन्न बैंकमा गरि १७ वटा खाता सञ्चालनमा रहेको उल्लेख गरिएको छ ।

अभियोग पत्रअनुसार रविको नाममा एकल ३ वटा, निकिताको नाममा एकल १३ वटा र रवि निकिताको संयुक्त एउटा गरी १७ वटा खाता सञ्चालनमा रहेको पाइएको छ । विभिन्न बैंकमा रहेको खातामार्फत उनीहरुले गरेको कारबार भने अस्वभाविक देखिएको छ ।

रवि र निकिताको खातामा २८ करोड ९१ लाख ३६ हजार ९६७ रुपैयाँ जम्मा गर्दा २९ करोड ७ लाख ८४ हजार ४६९ रुपैयाँ खर्च गरेका छन् । उनीहरुको खातामा हाल भने ७ लाख ७४ हजार ७७४ रुपैयाँ रहेको उल्लेख गरिएको छ ।

लामिछानेले आफ्नोबाट भन्दा बढी कारोबार पत्नी निकिताको नाममा गरेको पाइएको छ ।

लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण आरोपमासमेत मुद्दा दायर भएको छ ।

रवि लामिछानेसहितले योजनावद्ध रुपमा दुषीत मनसायका साथ प्रस्तुत कसुर गरी प्राप्त गैर कानूनी स्रोतबाट प्राप्त रकम लुकाउने, छल्ने, अधिकार र स्वामित परिवर्तन गर्ने, कसुरबाट प्राप्त सम्पत्तिको सही प्रकृति स्वरुप र स्रोत छल्ने एवम् बदल्ने र सम्पतिको गैर-कानूनी स्रोत र सो बाट प्राप्त सम्पत्तिको दुरी कायम गर्ने जस्ता विभिन्न तरिका एवम् विधिहरु प्रयोग गरि गराई गैर कानूनी सोतको रकमलाई भिन्न व्यक्ति तथा कम्पनीहरु खडा गरि ति व्यक्तिहरु मार्फत गैरकानूनी सम्पतिलाई कसुरबाट अलग गरि कसुरबाट प्राप्त सम्पति भन्ने जानि जानि सम्पतिको प्रकृति नै परिवर्तन गरि गराई सो को शुद्धीकरण आरोप अभियोगपत्रमा लगाइएको छ ।

अभियोगपत्रमा लामिछानेको काभ्रेमा रहेको १ रोपनी १ आना जग्गा र निकिताको काठमाडौं बुढानीलकण्ठमा रहेको ५ आना जग्गासहित उनीहरुको बैंक खातमा रहेको रकम जफत गर्न माग गरिएको छ ।