![](https://internal.appharu.com/wp-content/uploads/2024/12/yatayat-byabastha.jpg)
काठमाडौं । सरकारले विभिन्न निकाय र व्यवसायका निमित्त सम्पत्ति शुद्धीकरण निवारणका लागि नियामक तोकेको छ ।
मन्त्रिपरिषदको पुस ५ गते बसेको वैठकले नेपाल राष्ट्र बैंक, यातायात व्यवस्था विभाग र नेपाल धितोपत्र बोर्डलाई जिम्मेवारी थपेको हो ।
क्याबिनेटको निर्णयअनुसार सवारी साधन खरिद गर्न कर्जा प्रवाह गर्ने व्यवसायी र सामाजिक सुरक्षा कोषको नियामक नेपाल राष्ट्र बैंकलाई तोकिएको छ । यसैगरी सवारी साधन विक्री गर्ने व्यवसायीका लागि यातायात व्यवस्था विभाग र इन्भेस्टमेन्ट कम्पनीका लागि नेपाल धितोपत्र बोर्डलाई नियामक तोकिएको हो । यी निकायले सम्पत्ति शुद्धीकरण निवारका लागि नियमनकारी निकायको काम गर्नेछन् ।
SHARE YOUR THOUGHTS