लक्ष्मी सनराइज बैंक र आईएफसीबीच वित्तीय दुरुपयोग समाधान गर्ने समझदारी « Eglish Khabarhub

लक्ष्मी सनराइज बैंक र आईएफसीबीच वित्तीय दुरुपयोग समाधान गर्ने समझदारी



काठमाडौं । लक्ष्मी सनराइज बैंकले नेपालमा वित्तीय दुरुपयोग समाधान गर्न अन्तर्राष्ट्रिय वित्तीय निगम (आईएफसी) सँग साझेदारी गरेको छ ।

यसका लागि आईएफसीसँग बैंकले ‘एम्वार फाइनान्स एलायन्स’ अन्तर्गत सम्झौता गरेको छ । सम्झौताले वित्तीय दुरुपयोगलाई सम्बोधन गर्दै समाधान गर्न कदम चालिने बैंकले जनाएको छ ।

अस्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभागको समर्थन प्राप्त यस साझेदारीले वित्तीय सुरक्षा सुधार र समावेशी आर्थिक वृद्धिलाई समेत सहयोग गर्ने बैंकले जनाएको छ । बैंकका अनुसार श्रीमान्–श्रीमती, वृद्धवृद्धा, आफन्त वा घरपरिवारका अन्य सदस्यमाथि नियन्त्रण जमाउँदै हुने वित्तीय दुरुपयोग हो।

त्यसैले बैंक सदस्यहरूको बैंक खाता र कर्जाजस्ता वित्तीय साधनहरूको आफ्नो खाता आफ्नो नभई अरूको नियन्त्रणमा हुनु, अरूका लागि ऋण लिन बाध्य बनाइनुलगायत क्रियाकलाप हुने गर्छन् । यिनै गतिविधिबारे रोकथाम गर्न वित्तीय संस्थामा मानकहरू लागू गरी प्रणालीगत सुधार ल्याउन सुरक्षित वित्तीय वातावरण निर्माण गर्ने प्रक्रियास्वरूप बैंकले यो साझेदारी गरेको हो ।

Publish on: