काठमाडौं । नेपालको दुईपांग्रे सवारी साधन बजारमा नयाँ राइडिंग अनुभूति प्रदान गर्दै, होण्डाको आधिकारिक वितरक स्याकर ट्रेडिङ कम्पनी प्रालिले होण्डा एनएक्स २०० को विशेष मिडिया टेस्ट राइड कार्यक्रम आयोजना गरेको छ ।
‘फ्रम सिटी लाईट्स टु माउनटेन हाईट्स, राईड इट अल ‘ भन्ने मुख्य नारामा आधारित यो कार्यक्रममा मिडिया प्रतिनिधिहरू र इन्फ्लुएंसरहरूलाई सहरको बाटो र पहाडी ट्रेलहरूमा बाइकको बहुप्रयोजन र प्रदर्शन अनुभव गराइएको कम्पनीले जनाएको छ ।
टेस्ट राइड होण्डाको एकान्तकुना सर्भिस सेन्टरबाट सुरु भई नख्खु, चोभार, चोभार ड्राइपोर्ट, टौदह, चाल्नाखेल, फर्पिङ हुँदै हत्तिवनको जङ्गल पार गर्दै हत्तिवन हिमालयन हाइट रिसोर्टमा पुगेर टुङ्गिएको थियो । यो सहरको बाटो, उकालो र कठोर ट्रेलको मिश्रित मार्गले मिडिया प्रतिनिधिहरू र इन्फ्लुएंसरहरूलाई एनएक्स २०० को बहुमुखी प्रदर्शन र क्षमता प्रत्यक्ष अनुभव गर्न मौका दिएको आयोजकको भनाइ छ।
एनएक्स २०० मिट एण्ड ग्रिट कार्यक्रममा साहसिक यात्रा प्रेमी र सहरमा सवार गर्न रुचाउने राइडरहरू एकै ठाउँमा भेला हुने मौका पाए । यसले बाइकको ‘एडभेन्चर–क्रसओभर स्टाइलिङ’ र बहुप्रयोजन क्षमता प्रस्तुत गरेको छ। बाइकमा रहेको युएसडी (अपसाइड डाउन) गोलडेन फ्रन्ट सस्पेन्सनले अप्ठ्यारा बाटोहरू सहजै पार गर्न सक्षम बनाउनाले ल्ह् द्दण्ण् बाईकले अफरोड यात्राका लागि विशेष गरी नेपालको युवा पुस्तामाझ लोकप्रियता कमाएको छ।
यसमा रहेको स्लिपर क्लचले गियर परिवर्तन सहज बनाउँछ भने सिंगल च्यानल ए.बि.एसले ब्रेक लगाउँदा सुरक्षा र नियन्त्रण बढाउँछ । २०२४ मार्चमा सार्वजनिक गरिएको यो बाइकले माथि उठेको ह्यान्डलबार र अपराईट बसाइको सुविधासहित लामो यात्राका लागि आरामदायी राइड प्रदान गर्दछ। कार्यक्रमपछि प्रकृतिमय हात्तीवन हिमालयन हाइट रिसोर्टमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।
SHARE YOUR THOUGHTS