नेपाल बैंकका कंडेलको संयोजकत्वमा एनबीए लुम्बिनी कमिटी गठन « Eglish Khabarhub

नेपाल बैंकका कंडेलको संयोजकत्वमा एनबीए लुम्बिनी कमिटी गठन



काठमाडौं । नेपाल बैंकर्स एसोसियसनले लुम्बिनी प्रदेश अन्तर्गतको आफ्नो नयाँ प्रादेशिक कमिटी गठन गरेको छ । वाणिज्य बैंकहरुको छाता संगठन (एनबीए)ले नेपाल बैंकका लम्बिनी प्रादेशिक कार्यालय प्रमुख अर्जुन बहादुर कंडेलको नेतृत्वमा प्रादेशिक कमिटी गठन गरेको हो ।

मंसिर ५ गते बुटवलमा बसेको वाणिज्य बैंकहरुका प्रादेशिक प्रमुखको बैठकले सर्वसहमतिबाट कंडेललाई नेपाल बैंकर्स एसोसियसन लुम्बिनी प्रादेशिक कमिटिको संयोजकको रुपमा चयन गरेको हो ।

बैठकले प्राइम कमर्सियल बैंक लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख कुश सुदन सिंह र नबिल बैंक लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख अमित केसीलाई सहसंयोजको रुपमा चयन गरेको छ । नवगठित समितिमा एक संयोजक, दुई सह-संयोजक र १७ जना सदस्यहरु गरी २० वटै वाणिज्य बैंकका प्रदेश प्रमुखको प्रतिनिधित्व रहने छ ।

समितिले वित्तीय अनुशासन, वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्वलगायतका विषयलाइ जोड दिँदै वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरुको दक्षता विकाससँगै लुम्बिनी प्रदेशमा आर्थिक तथा वित्तीय क्षेत्रमा रहेका सम्भावना तथा चुनौतीको विषयमा विभिन्न रचनात्मक पहलहरु गर्ने प्रदेश समिति संयोजक अर्जुनबहादुर कंडेलले जानकारी दिए ।

Publish on: