
काठमाडौं । लुम्बिनी विकास बैंकबाट घरजग्गा खरिद गर्ने ग्राहकलाई सजिलै र सस्तो ब्याजदरमा कर्जा दिइने भएको छ । बैंक र लिजेन्ड प्रोपर्टिजबीच भएको व्यवसायिक सम्झौताअनुसार लिजेन्डले निर्माण गरेको प्रपर्टी खरिद गर्न चाहनेले बैंकको शाखाबाट सुलभ व्याजदर तथा सरल प्रकृया मार्फत आवास कर्जा उपलब्ध गराइने भएको हो ।
सम्झौतामा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य र लिजेन्ड प्रोपर्टिजका उपाध्यक्ष पुर्ण बहादुर लिम्बुले हस्ताक्षर गरे ।
लिजेन्डले सरकारी मापदण्ड पूरा गर्दै नेपाल सरकार शहरी विकास मन्त्रालय अन्तर्गतको उपत्यका विकास प्राधिकरण र स्थानीय निकायसँग स्वीकृति प्राप्त गरि विभिन्न ठाँउमा व्यवस्थित एवं योजनाबद्घ रुपमा विकास गरि विक्रीका लागि राखिएका जग्गा तथा निर्माण गरिएका आवासीय घरहरु खरिद गर्ने ग्राहकहरुलाई यस्तो सुविधा मिल्नेछ ।
लिजेन्डले काठमाडौं उपत्यका भित्र, भक्तपुरको पलासे, सिपाडोल, चाँगुनारायण नगरपालिकाको कलामशे, काठमाडौंको दक्षिणकाली नगरपालिका चाङ्लाखेल, काभ्रेको बालुवा र कास्कीको पोखरामा गरि विभिन्न स्थानमा आफ्नो आयोजना विस्तार गरिरहेको छ ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकको विभिन्न स्थानमा गरी ८९ वटा शाखा कार्यालय तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउन्टर) रहेको छ ।
SHARE YOUR THOUGHTS