क्रिकेटरले मासिक १ लाखसम्म तलब पाउँदा राष्ट्रिय टोलीका फुटबल खेलाडीले कति कमाउँछन् ? « Eglish Khabarhub

क्रिकेटरले मासिक १ लाखसम्म तलब पाउँदा राष्ट्रिय टोलीका फुटबल खेलाडीले कति कमाउँछन् ?


१० पुस २०८१, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । पछिल्लो समय नेपाली खेलाडीहरुले खेल खेलेरै जीवनयापन गर्न सक्ने अवस्था बन्दै गएको छ । अहिले चर्चामा रहेका क्रिकेट खेलाडीले राम्रै कमाइ गरिरहँदा कुनै समयमा चर्चामा रहेको नेपाली फुटबल खेलाडीको अवस्थामा भने खासै सुधार हुन नसकेको हो ।

नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुले पारिश्रमिक पाउन थालेको २०५२ सालदेखि हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)मा गणेश थापाको नेतृत्वले पहिलो पटक नेपाली खेलाडीलाई तलब दिन सुरु गरेको थियो । पहिलो पटक नेपाली फुटबल खेलाडीले १५ सय रुपैयाँ तलब पाएका थिए ।

फुटबल खेलाडीको रुपमा त्यसपछि ५, ७, १५, १८ हजार हुँदै अहिले ३० हजारसम्म पुगेको छ । गणेश थापाले बैंकमा ८ करोड रुपैयाँको फिक्स डिपोजिट राखेर खेलाडीलाई तलब दिने गरेका थिए ।

त्यसबाहेक उनले आन्तरिक स्रोत जुटाएर नेपाली खेलाडीलाई पुरस्कार, उपहार दिने पनि गरेका थिए ।

अहिले राष्ट्रिय टोलीमा पर्ने पुरुष र महिलातर्फ ३०/३० जना फुटबल खेलाडीले मासिक ३० हजार रुपैयाँ तलब पाउँछन् । गत भदौमा बसेको एन्फा कार्यसमिति बैठकले खेलाडीले पाउने मासिक तलब बढाउने निर्णय गरेको थियो ।

खेलाडीको तलब बढाएकै बैठकले एन्फा महासचिवको तलब बढाएको थियो ।

बैठकमा महसचिवको तलब २ हजार अमेरिकी डलर अर्थात करिब २ लाख ७२ हजार रूपैयाँ पुर्‍याउने प्रस्ताव भएको थियो ।

केही सदस्यले खेलाडीको सीमितरुपमा तलब बढे पनि महासचिवको धेरै बढ्ने प्रस्ताव आएको भन्दै असन्तुष्टी जनाएका भए पनि प्रस्ताव बहुमतले पारित भएको थियो । यो तलब बढ्नुअघि महासचिव किरण राईले १ लाख २० हजार मासिक तलब लिने गर्थे ।

नेपाली राष्ट्रिय फुटबल टोली अहिले फिफ वरीयताको १७५ औं स्थानमा छ । पछिल्लो दुई वर्षसम्म लिग नहुँदा प्रतियोगितामा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेका छैनन् भने उनीहरुको कमाइ बढ्न सकेको छैन । फिफा विश्वकप छनोटको पछिल्लो चार खेलमा पनि नेपालले जित निकाल्न सकेको छैन ।

अहिले राष्ट्रिय क्रिकेट टोलीका सदस्यले पनि मासिक रुपमा तलब पाउँदै आएका छन् ।

क्रिकेटरलाई १ लाख तलब

फुटबल खेलाडीलाई सबैलाई मासिक रुपमा ३० हजार रुपैयाँ उपब्ध गराइने गरिएको भए पनि नेपाल क्रिकेट संघले राष्ट्रिय टोलीका सदस्यलाई विभिन्न श्रेणीमा वर्गीकरण गर्दै मासिक तलब उपलब्ध गराउँदै आएको छ ।

यसअघि क्रिकेट संघले सन् २०२४ का लागि खेलाडीहरुको वर्गीकरण गरेको छ ।

संघले पुरुष क्रिकेट खेलाडी तर्फ ३० जना र महिलातर्फ १९ जना खेलाडीलाई ४ समूहमा वर्गीकरण गरेको छ ।

पुरुषतर्फ ३१ जना वर्गीकरणमा परेका खेलाडी

ग्रेड ‘ए’- रोहित पौडेल, सोमपाल कामी, सन्दीप लामिछाने, करण के.सी., दिपेन्द्र सिंह ऐरी, आसिफ सेख र कुशल भुर्तेल
ग्रेड ‘बी’- कुशल मल्ल, गुलशन झा, भिम सार्की, ललित नारायण राजवंशी, आरिफ सेख र अविनाश बोहरा
ग्रेड ‘सी’ – बिनोद भण्डारी, अर्जुन साउद, सन्दिप जोरा र प्रतिस जी. सी.
ग्रेड ‘डी’ – पवन सर्राफ, सागर ढकाल, अनिल साह, बिबेक कुमार यादव, आकास चन्द, बसिर अहमद र सुर्य तामाङ

इमर्जिङ क्याटेगरी – दिपेश कंडेल (कोशी), रुपेस सिंह (मधेश), रिजन ढकाल (बागमती), बिपिन खत्री (गण्डकी), देब खनाल (लुम्बिनी), अर्जुन घर्ती (कर्णाली) र हेमन्त धामी (सुदुर पश्चिम) ।

क्यानले ग्रेड ‘ए’ मा परेका खेलाडीलाई १ लाख, ग्रेड ‘बी’ लाई ७० हजार, ग्रेड ‘सी’ लाई ५५ हजार, ग्रेड ‘डी’ लाई ३५ हजार र इमर्जिङ क्याटोगरिलाई २५ हजार मासिक तलब उपलब्ध गराउने गरेको छ ।

त्यस्तै महिला क्रिकेटरतर्फ १९ जना समावेश भएका छन् । जसमा

ग्रेड ‘ए’ – इन्दु बर्मा, रुबिना क्षेत्री, सीता राना मगर
ग्रेड ‘बी’ – कविता कुँवर
ग्रेड ‘सी’ – पुजा महतो, अश्मिना कर्माचार्य
ग्रेड ‘डी’ – अप्सरी बेगम, कविता जोशी, संगिता राई, काजोल श्रेष्ठ र बिन्दु रावल

इमर्जिङ क्याटोगरि- सोनी पाख्रिन, खुसि डंगोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, रुबि पोदार, सृस्टि जैसी, सम्झना कुमारी खड्का, सना प्रविन रहेका छन् ।

महिलातर्फ ग्रेड ‘ए’ लाई ५० हजार, ग्रेड ‘बी’ लाई ३५ हजार, ग्रेड ‘सी’ लाई ३० हजार, ग्रेड ‘डी’ लाई २५ हजार र इमर्जिङ क्याटोगरिलाई २० हजार मासिक तलब उपलब्ध गराउने समेत निर्णय भएको क्यानले जनाएको छ ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार ००:००  २ : २२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping