राखेपमा आठ जना बोर्ड सदस्य नियुक्त « Eglish Khabarhub

राखेपमा आठ जना बोर्ड सदस्य नियुक्त



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा ८ जना नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले शान्तिकुमारी चौधरी, आनन्दकुमार झा, सुवर्ण श्रेष्ठ, कमलबहादुर भट्टराई, हिमालकुमार श्रेष्ठ, नन्दा बस्याल, जगतह धामी र भावनबहादुर चन्दलाई राखेपको सदस्य नियुक्त गरेको हो ।

नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ८ जना सदस्य नियुक्त गर्न सिफारिस गरेका थिए ।

Publish on: