अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधन « Eglish Khabarhub

अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधन


१५ पुस २०८१, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधन १०० वर्षको उमेरमा भएको छ । स्थानीय समयअनुसार आइतवार दिउँसो उनको निधन भएको हो । कार्टर अमेरिकाका ३९औँ राष्ट्रपति थिए ।

सन् १९७७ मा डेमोक्र्याटिक पार्टीका तर्फबाट चुनाव जितेर राष्ट्रपति बनेका कार्टरले एक कार्यकाल मात्र ह्वाइट हाउसमा बिताए । तर, सन् १९८० को चुनावमा रिपब्लिकन दलका रोनल्ड रेगनसँग पराजित भए।

उनको राष्ट्रपतिकालका प्रमुख उपलब्धिमध्ये ‘क्याम्प डेभिड सम्झौता’लाई ऐतिहासिक मानिन्छ। यस सम्झौताबाट पहिलोपटक इजिप्टले इजरायललाई मान्यता दिएको थियो ।

यद्यपि, उनको कार्यकाल ‘इरान होस्टेज क्राइसिस’ र देशभित्रको आर्थिक मन्दीले छायामय बनेको थियो। तेहरानमा १२ महिनासम्म अमेरिकी कूटनीतिज्ञहरू बन्धक बनाइएका थिए, जसले उनको नेतृत्वलाई ठूलो चुनौती दिएको थियो।

जोर्जामा बदाम कृषक परिवारमा जन्मिएका कार्टर राष्ट्रपति बन्नुअघि त्यहाँका गभर्नर थिए। सन् २००२ मा उनलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।

पदबाट हटेपछि पनि उनले मानवाधिकार र सामाजिक न्यायका क्षेत्रमा क्रियाशील रहेर विश्वभर राजनेताको पहिचान कायम राखे। उनले स्थापना गरेको कार्टर सेन्टरले नेपालमा पनि सक्रियता देखाएको थियो।

सन् २००७ मा नेपालमा जारी शान्ति प्रक्रियाका क्रममा उनले काठमाडौं आएर विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गरेका थिए । साथै, सन् २००८ र २०१३ मा भएको संविधानसभा निर्वाचनको पर्यवेक्षणका लागि पनि उनी नेपाल आएका थिए ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार ००:००  १० : २२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping