![](https://internal.appharu.com/wp-content/uploads/2024/12/omoda-dipendra-768x403.png)
काठमाडौं । एसपिजि अटोमोबाइल्स प्रालि (ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक) ले नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को ओमोडा इलेक्ट्रिफाइङ प्लेपर अफ द टुर्नामेन्ट तथा सुदूरपश्चिम रोयलका कप्तान दिपेन्द्र सिंह ऐरीलाई ब्रान्ड एम्बासडर बनाएको छ ।
सोमबार काठमाडौंमा कार्यक्रमको आयोजना गर्दै उनलाई आधिकारिक रूपमा ब्रान्ड एम्बासडर नियुक्त गरेको हो । कार्यक्रममा सम्बोधन गर्दै ऐरीले आफ्नो ओमोडा एन्ड जेइकोसँगको आबद्ध हुँदा खुसी व्यक्त गरे ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/12/omoda-dipendra1.png)
‘ओमोडा एन्ड जेइकोसँग आबद्ध हुन पाउँदा म अत्यन्त उत्साहित छु । यो नियुक्तिले मलाई खेल क्षेत्रमा सहज हुनेछ,´ दिपेन्द्रले भने ।
समारोहमा शारदा ग्रुपका अध्यक्ष शिव रतन शारडा, प्रबन्ध निर्देशक सन्दीपकुमार शारडा, एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाको सहभागिता रहेको थियो ।
ओमोडा एन्ड जेइको एनपिएलको पहिलो संस्करणको लागि ‘ड्रिभन बाइ’ सह-प्रायोजक रहेको थियो।
कार्यक्रममा एनपीएलमा उत्कृष्ट हुँदै ऐरीले पाएको ओमोडा गाडीसमेत हस्तान्तरण गरिएको थियो ।
SHARE YOUR THOUGHTS