साई स्वागत सहकारीका भरतमणि जंगम र दाहाल रिहा « Eglish Khabarhub

साई स्वागत सहकारीका भरतमणि जंगम र दाहाल रिहा



काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका साई स्वागत सहकारीका निवर्तमान अध्यक्ष भरतमणि जंगम र तत्कालिन कोषाध्यक्ष लुमन दाहाल रिहा भएका छन् ।

सहकारीको बचत अपचलन गरेको अभियोगमा पुस ७ गते पक्राउ परेका जंगम र दाहाल गत शुक्रबार रिहा भएका हुन् । उनीहरुले बचतकर्तालाई करिब १ करोड १० रुपैयाँको ‘गुड फर पेमेन्ट’ चेक दिएर रिहा भएका हुन् ।

पीडित बचतकर्तालाई चेक दिएपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको रोहबरमा दुवै जना गत शुक्रबार रिहा गरेको प्रहरी परिसर काठमाडौं स्रोतले जनाएको छ । काठमाडौं महानगरपालिकाको सहकारी विभागले उक्त सहकारीको २०८० चैत २३ गते अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा बचत फिर्ता नगरेको पाएपछि विभागले थप अनुसन्धान गर्न भन्दै प्रहरी परिसर काठमाडौंमा फाइल पठाएको थियो । उक्त फाइलका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो ।

Publish on: