तारे होटलको स्तरीकरण मापदण्ड संशोधन हुँदै, बन्लान् नेपालमै साततारे होटल ? « Eglish Khabarhub

तारे होटलको स्तरीकरण मापदण्ड संशोधन हुँदै, बन्लान् नेपालमै साततारे होटल ?


१६ पुस २०८१, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

पछिल्लो समय नेपालमा स्वदेशी र विदेशी ब्राण्डका पाँचतारे होटल थपिँदै गएका छन् । २० वटा पाँचतारे होटल सञ्चालनमा छन् भने भौतिक पूर्वाधार तयार पारेर सेवा सुरुवातको तयारीमा अरु आधा दर्जन होटल छन् ।

काठमाडौं । सरकारले तारे होटलको स्तर वर्गीकरण सम्बन्धी मापदण्डलाई संशोधन गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले तारा स्तरका होटल, रिसोर्ट, पर्यटक लज, मोटेल तथा बेड एण्ड ब्रेक्रफास्ट (बी एण्ड बी)हरुको वर्गीकरण र मापदण्ड २०७६ लाई संशोधन गर्ने भएको छ ।

पर्यटन विभागले होटलहरुको स्तर वर्गीकरणका लागि सुझाव माग्दै उक्त मापदण्डलाई समयसामयिक परिमार्जन गर्नुपर्ने भएकोले आवश्यक सुझाव तथा परामर्श मागेको छ।

विभागले यसका लागि मापदण्ड संशोधन गर्नुपर्ने विषयवारे राय, सुझाव, परामर्श उपलब्ध गराउन आग्रह समेत गरेको छ ।

हाल नेपालमा २२ वटा पाँचतारे होटल छन् । यसमा दुईवटा सोल्टी र मेची क्राउन प्लाजा पाँचतारे डिलक्स हुन् भने बाँकी २० वटा पाँचतारेमा स्तर वर्गीकरण भएका होटल छन् । यी मध्ये हाल अन्नपूर्ण र सांग्रिला होटल पूर्ण मर्मतमा छन् ।

बाँकी पाँचतारे होटल सञ्चालनमा छन् । पछिल्लो समय नयाँ पाँचतारे होटल पनि थपिने क्रम बढिरहेका छन् ।

सञ्चालनको तयारीमा रहेका र भर्खरै सञ्चालनमा आएका होटल पाँचतारेमा स्तरीकरण हुने प्रक्रियामा छन् । पर्यटन विभागको सूचीमा हिल्टन, लेमन ट्रि, म्यासिफ, मक्र्युरसहितका तयारी अवस्थामा रहेका होटल सरकारको सूचीमा समावेश हुनै बाँकी छ ।

दर्ता भएका र स्तर वर्गीकरण भएका २२ होटल भने होटल संघ नेपाल हानको सदस्य छन् ।

हानका सदस्य होटलहरुमा पाँचतारे होटलको सूचीमा दुषित प्रिन्सेस काठमाडौं, गोकर्ण फरेस्ट रिसोर्ट (लक्जरी रिसोर्ट), सोल्टी सिब्क्रिम (सोल्टी वेस्टर्न), काठमाडौं म्यारिओट, चन्द्रागिरी हिल्स रिसोर्ट, बसेरा बुटिक होटल, सिटी होटल (हायात प्लेस) होटल इच्छा, अलफ्ट काठमाडौं, होटल द किंङ्सबेरी, द एभरेष्ट होटल, द फुलबारी होटल, अकामा होटल, टाइगर प्यालेस रिसोर्ट, द द्वारिकाज होटज, होटल पोखरा ग्राण्ड, द मल्ल होटल, सांग्रिला होटल, होटल याक एण्ड यति, र्‍याडिसन होटल, हायात रिजेन्सी र होटल अन्नपूर्ण पाँचतारे स्तरका होटल हुन् । यी होटलमध्ये गोकर्ण फरेस्ट रिसोर्ट, चन्द्रगिरी हिल्स, बसेरा बुटिक, द्वारीकाज पाँचतारे स्तरका बुटिक तथा लज रिसोर्टहरु हुन् । बाँकी होटल भने पर्यटन विभागमा पाँचतारेमा वर्गीकरण भएरै सेवा दिइरहेका छन् ।

पछिल्लो समय थप हुँदै गरेको होटलले पुराना पाँचतारेलाई चुनौती दिँदै गएका छन । होटल संघ नेपालका अनुसार होटल क्षेत्रमा थपिने संख्या र पर्यटकीय क्षमता बढ्दै गएको छ ।

सरकारले सन् २०२० लक्षित गरेको पर्यटन भ्रमण वर्षको लागि दृष्टिगत गरेका र त्यसले दिएको सकारात्मक सन्देशका कारण ठूला र पाँचतारे होटलको थपिने क्रम पनि बढ्दै गएको छ । पछिल्लो सयम थप भएका नयाँ पाँचतारे होटलले आवश्यक प्रक्रिया पुर्‍याएर पर्यटन विभागबाट स्तर वर्गीकरणको अनुमति पनि लिने क्रममै रहेको हानको भनाइ छ ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार ००:००  १० : २७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping