अमेरिकी ट्रेजरीमा ठूलो साइबर आक्रमण, चिनियाँ ह्याकरले कागजात चोरेको आरोप « Eglish Khabarhub

अमेरिकी ट्रेजरीमा ठूलो साइबर आक्रमण, चिनियाँ ह्याकरले कागजात चोरेको आरोप


१६ पुस २०८१, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

एजेन्सी । अमेरिकाको ट्रेजरी विभागको प्रणालीमा चिनियाँ ह्याकरले साइबर आक्रमण गरेका छन् । साइबर आक्रमणमा विभागका कर्मचारीका कार्यस्थल र केही अनवर्गीकृत कागजातमा पहुँच प्राप्त गरिएको अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् ।

यस्तो आक्रमण चिनियाँ राज्य प्रायोजित ह्याकरहरुले गरेको अमेरिकी अधिकारीहरुको आरोप छ ।

घटना डिसेम्बरको पहिलो साता भएको थियो र ट्रेजरी विभागले यो घटना सांसदहरूलाई एक पत्र लेखेर सार्वजनिक गरेको हो । विभागले यसलाई ‘महत्वपूर्ण घटना’ भनेर परिभाषित गरेको छ र अहिले एफबीआई र अन्य संघीय निकायसँग मिलेर अनुसन्धान भइरहेको जनाइएको छ ।

चीनको दूतावासका प्रवक्ताले बीबीसीसँग यो आरोप ‘निन्दनीय’ भएको र यसमा कुनै तथ्यतग आधार नभएको बताए ।

ट्रेजरी विभागको पत्र अनुसार, चीनमा आधारित ह्याकरले तेस्रो पार्टी सेवा प्रदायकको प्रयोग गरेर सुरक्षा प्रणालीलाई भंग गरेका थियो । यस सेवा प्रदायकले विभागका कर्मचारीलाई रिमोट प्राविधिक समर्थन प्रदान गर्दै आएको थियो । ‘बियोन्ड ट्रस्ट’ नामक कम्पनीको प्रणाली अहिले अस्थायी रूपमा अफलाइन गरिएको बीबीसीले जनाएको छ ।

अमेरिकी अधिकारीहरूका अनुसार, यो साइबर हमलामा चीनको ‘एडभान्सड् परसिस्टेन्स थ्रेट (एपीटी)’ समूह संलग्न रहेको अनुमान गरिएको छ । यस्ता समूहहरू लामो समयसम्म एक प्रणालीमा घुसपैठ गर्न र गोप्य जानकारी संकलन गर्नमा माहिर हुन्छन् ।

ट्रेजरी विभागका अनुसार आक्रमणको सुरुवात डिसेम्बर २ तारिखमा भएको थियो, जब बियोन्ड ट्रस्ट कम्पनीमाथि शंका उत्पन्न भएको थियो ।

तीन दिन पछि, कम्पनीले आफूमाथि साइबर हमला भएको थाहा पाएको थियो। ह्याकरले विभागका कर्मचारीका कार्यस्थल र केही अनवर्गीकृत कागजातमा पहुँच प्राप्त गरेको पाइएको छ।

तर, विभागले ति कागजातको प्रकार वा ति कति महत्वपूर्ण थिए भन्ने खुलाएको छैन।

अमरिकी अधिकारीहरुले यो आक्रमण ह्याकरले केही जाँच गर्नका लागि केही समय गरेको हुनसक्ने अनुमान गरेका छन् । ह्याकरले केही खाता बननाउने वार पासवर्ड परिर्तन भने नगरेको समाचारमा जनाइएको छ ।

अमेरिकी अधिकारीहरू यो साइबर आक्रमणको योजना केही चोरी गर्नु भन्दा पनि गोप्य विवरणहरु संकलन गर्नु रहेको हुनसक्ने बताउँछन् ।

यस घटना सम्बन्धी विस्तृत रिपोर्ट आगामी ३० दिन भित्र सांसदहरूलाई दिइने बताइएको छ।

चिनियाँ प्रवक्ताले भनेका छन्, ‘हामी आशा गर्छौं कि सम्बन्धित पक्षहरूले साइबर घटनाहरूलाई व्यावसायिक र जिम्मेवार तरिकाले सम्बोधन गर्नेछन् र पर्याप्त प्रमाणको आधारमा मात्र निष्कर्ष निकाल्नेछन्, नकि आधारहीन अडान र आरोप लगाउनेछन्।’

यो घटना चीनका ह्याकरहरूले अमेरिकामा गरेको सबैभन्दा ठूलो साइबर हमलामा गनिनेछ । यसअघि साइबर हमला अमेरिकी टेलिकम्युनिकेशन कम्पनीहरूसम्म पुगेको थियो र अमेरिकाको ठूलो जनसंख्याको फोन रेकर्डसमेत प्रभावित भएको थियो ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार ००:००  ७ : २६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping