काठमाडौ । नेपाल आउने विदेशी पर्यटक करिब ११ लाख ५० हजार पुगेका छन् । सन् २०२४ को एक वर्षमा पर्यटक आगमन साढे ११ लाख पुगेको छ । अध्यागमन विभागको तथ्यांक आनुसार सन् २०२४ को १२ औं महिनाको डिसेम्बर ३० सम्ममा ११ लाख ४७ हजार २४ पर्यटक नेपाल आएका छ्न ।
सोमबार सन् २०२४ को अन्तिम दिन करिब ३ हजार पर्यटक आउने अनुमान गरिएको छ । यो सहित नेपालमा आउने विदेशी पर्यटकको कुल पर्यटक आगमन ११ लाख ५० हजार भन्दा बढी हुने देखिएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बोर्डको २६ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उक्त तथ्यांक औल्याएका हुन् ।
नेपालमा गत वर्ष २०२३ मा १० लाख १४ हजार ८८२ पर्यटक नेपाल आएका थिए । नेपाल आएका पर्यटक गत वर्षको तुलनामा यो वर्ष १ लाख ३५ हजारले बढेको छ । नेपालमा पर्यटक आगमन गत वर्षको तुलनामा सन् २०२४ मा करिब १३ प्रतिशतले पर्यटक आगमन बढेको छ ।
नेपालमा सन् २०१९ मा ११ लाख ९७ हजार ९१ पर्यटक नेपाल आएका थिए । नेपालको पर्यटनको इतिहासमा उक्त तथ्यांक हालसम्मकै धेरै हो । त्यसपछि सन् २०२० देखि कोरोना महामारीका कारण थलिएको पर्यटन पुनः रेकर्ड ब्रेक गर्ने बाटोमा गएको नेपाल पर्यटन बोर्डका सीईओ जोशीले बताए ।
उनका अनुसार सन् २०२५ मा नेपालले १३ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । अहिलेकै आगमन दरको हिसावले सन् २०२५ मा सहजै १३ लाख पर्यटक आउने अनुमान नेपाल पर्यटन बोर्डको छ । बोर्डका अनुसार अहिले साढे ११ लाख पर्यटक आउँदा गत वर्षको तुलनामा झण्डै ३० प्रतिशतले बढेको छ भने यो वर्षको तुलनामा आगामी वर्ष जम्मा १३ प्रतिशतको मात्रै बृद्धि लक्ष्य सामान्य हो ।
नेपालमा पर्यटक आगमनसँगै होटल पूर्वाधार र पर्यटकीय संरचनासमेत बढेदै गएका छन । पर्यटकीय आगमनसँगै पर्यटन पूर्वाधारमा सकारात्मक सन्देश प्रवाह भइरहको छ ।
नेपालमा पर्यटक आगमसँगै आन्तरिक र बाह्य पर्यटक आकर्षण गर्न आकास मार्गको भमिका उल्लेख हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डले बताए । उनले भने ‘नेपालको पश्चिमको बडिमालिकाबाट पूर्वको पाथिभरा जोड्ने सबैभन्दा छोटो र सहज माध्यम भनेको हवाई यातायात हो । यसको लागि हवाई यातायातकै पूर्वाधार पर्यटन विकासका लागि महत्वपूर्ण हुने पनि उनले बताए ।
प्रतिक्रिया