२९ मंसिर २०८२, आइतबार

सूचना आयुक्त र पत्रकार महासंघका पदाधिकरीलाई शेफर्ड कलेजको स्वागत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीले सूचना आयोगका प्रमुख आयुक्त, आयुक्तहरु, नवगठित सार्वजनिक सेवा प्रशारणका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरेको छ।

शान्तिनगरस्थित कलेजमा आइतबार आयोजित कार्यक्रममा डिभी एजुकेशन ग्रुपका अध्यक्ष विश्वनाथ शाह तथा शेफर्ड कलेजकी प्रिन्सिपल कविता शर्माले अतिथिहरुलाई स्वागत र मायाको चिनो प्रदान गरे।

कार्यक्रममा सूचना आयोगका प्रमुख आयुक्त डा. सुरेश आचार्य तथा आयुक्तद्वय गगन विष्ट र दुर्गा भण्डारी, सार्वजनिक सेवा प्रशारणका अध्यक्ष डा. महेन्द्र विष्ट, नेपाल पत्रकार महासंघकी नवनिर्वाचित सभापति निर्मला शर्मा तथा पदाधिकारीहरु तथा आर्थिक पत्रकार संघकी अध्यक्ष मेनुका कार्कीलाई स्वागत तथा स्वागत गरिएको थियो।

कार्यक्रममा प्रमुख सूचना आयुक्त सुरेश आचार्यले नेपालमा पत्रकारिता क्षेत्रको विकासका लागि पत्रकारिता अध्यापन गराउने कलेजहरुको भूमिका महत्वपूर्ण हुने बताए। आयोगले पनि यसमा ध्यान दिने उनको भनाइ थियो।

सार्वजनिक सेवा प्रशारणका अध्यक्ष महेन्द्र विष्टले पत्रकारले सूचनालाई सही समाचारको रुपमा पस्किनुपर्ने बताए। समयसँगै पत्रकारहरु प्रविधिसँग परिचित हुनुपर्नेमा उनले जोड दिए।

पत्रकार महासंघकी सभापति निर्मला शर्माले सामाजिक सञ्जालमा स-साना क्लिपहरुले जति धेरै सूचनाको पहुँच पुर्याएका छन् अरु छापा वा अनलाइनहरुले त्यतिको पहुँच नपुर्‍याउने धारणा राखिन् ।

‘पत्रकारिता सिक्दै गरेका जो कोहीको पनि मल्टिमिडियामा राम्रो भविष्य छ र सरकारले यसमा अझ धेरै लगानी बढाउनुपर्छ। सामाजिक दक्खल पुग्ने किसिमका गलत प्रचार र सूचनाहरु कसरी निर्मुल बनाउन सकिन्छ भन्ने कुरा अहिलेको चुनौती थपिएको छ । यस किसिमका भ्रम चिर्नको लागि पनि मल्टिमिडिया सबैभन्दा उपयुक्त बन्न सक्छ। पत्रकारिता पढ्दै गरेका विद्यार्थीको यस सेक्टरमा राम्रो भविष्य पनि छ। त्यसैले मल्टिमिडियालाई अलि प्राथमिकता दिनुपर्छ,’ उनले भनिन्।

नाफिज अध्यक्ष मेनुका कार्कीले नेपालमा अबको पत्रकारिताको भविष्य मल्टिमिडियामा रहेको बताइन्। ‘मल्टिमिडियालाई पनि सरकारले अलि पारदर्शीताका साथ प्राथमिकता दिनुपर्छ,’ उनले भनिन्।

अतिथिहरुलाई स्वागत गर्दै डिभी एजुकेशन ग्रुपका अध्यक्ष विश्वनाथ शाहले आउने दिनमा महिला पत्रकारको संख्या कसरी बढाउन सकिन्छ भनेर पत्रकारिता पढाउने कलेजहरुले ध्यान दिनुपर्ने धारणा राखे । ‘हामीले सञ्चालन गर्दै आएको यस कलेजले पनि यसलाई आत्मसात् गरेको छ । पत्रकारिता सिकाउने कलेज भएकाले ठूला मिडिया हुन् वा साना सरकारले गर्ने व्यवहारमा समान रुप होस् भन्ने चाहेका छौं,’ उनले भने।

शेफर्ड कलेजकी प्रिन्सिपल कविता शर्माले मिडिया अध्ययनका लागि शेफर्ड कलेज उपयुक्त रहेको बताइन्। कलेजले समयसापेक्ष रुपमा कोर्सहरु परिमार्जन गर्दै लैजाने उनले प्रतिवद्धता जनाइन्।