राम जन्मभूमिका प्रमुख अर्चकको शाश्वत धाम भ्रमण « Eglish Khabarhub

राम जन्मभूमिका प्रमुख अर्चकको शाश्वत धाम भ्रमण


१६ पुस २०८१, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । श्रीराम जन्मभूमि न्यासका प्रमुख अर्चक सन्तोष तिवारी र विश्व हिन्दु परिषद्का विशिष्ट आचार्य दुर्गाप्रसाद गौतमले सोमबार नेपालको प्रसिद्ध सनातन धार्मिक केन्द्र शाश्वत धामको भ्रमण गरेका छन् ।

तीन दशकभन्दा बढी समयदेखि अयोध्यास्थित श्रीराम मन्दिरमा निरन्तर सेवारत रहेका तिवारीको यस भ्रमणले दुई महत्वपूर्ण धार्मिक-शैक्षिक संस्थाहरूबीच नयाँ सहकार्यको ढोका खोलेको छ।

भ्रमणको मुख्य उद्देश्य श्रीराम वेद विद्यालय अयोध्या र शाश्वत धामस्थित वैदिक कर्मकाण्ड गुरुकुलबीच भगिनी सम्बन्ध स्थापना गर्ने रहेको छ । यस अवसरमा शाश्वत धामकी फाउण्डर सारिका चौधरी र गुरुकुलका प्रधानाचार्य विष्णुप्रसाद घिमिरेबीच गहन छलफल भएको थियो।

छलफलका क्रममा दुवै संस्थाका विद्यार्थीहरूको शैक्षिक र आध्यात्मिक विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नेबारे पनि छलफल भयो । यस अन्तर्गत दुई धार्मिक केन्द्रका विद्यार्थीहरुबीच ज्ञान आदान-प्रदान कार्यक्रम, संयुक्त अनुसन्धानका योजनाहरू, वैदिक ज्ञान-विज्ञानको अध्ययन-अध्यापन र सांस्कृतिक आदान-प्रदान जस्ता गतिविधिहरू समावेश हुनेछन् ।

श्रीराम जन्मभूमि न्यासका प्रमुख अर्चक तिवारीले भ्रमणका क्रममा शाश्वत धामको भव्य परिसर, यहाँको वैदिक शिक्षा प्रणाली र आध्यात्मिक वातावरणको प्रशंसा गरेका थिए । उनले भने, “शाश्वत धामको शैक्षिक र आध्यात्मिक गतिविधिहरूले वैदिक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने निश्चित छ।”

सन् २०१७मा स्थापित यस शाश्वत धामले स्थापनाकाल देखि नै आध्यात्मिक चेतना जागृत गर्ने र वैदिक ज्ञानको प्रसार गर्दै आएको छ। यस धामले ज्ञान, भक्ति, कर्म र योग मार्फत मानिसहरूको आध्यात्मिक र मानसिक विकासमा विशेष जोड दिँदै आएको छ।
हालसम्म ४९ लाख भन्दा बढी दर्सनार्थी एवं धार्मिक पर्यटकहरूले यस धामको भ्रमण गरिसकेका छन्, जुन यस धामको बढ्दो लोकप्रियताको प्रमाण हो।

आगामी दिनमा ५० लाख भ्रमणकर्ताको ऐतिहासिक उपलब्धि हासिल गर्न लागेको अवसरमा शाश्वत धामले विशेष समारोहको आयोजना गर्ने तयारी समेत गरिरहेको छ।

विश्व हिन्दु परिषद्का आचार्य दुर्गाप्रसाद गौतमले दुवै धार्मिक संस्थाबीचको सहकार्यले सनातन धर्म र वैदिक संस्कृतिको विश्वव्यापी प्रचार-प्रसारमा नयाँ उर्जा थप्ने विश्वास व्यक्त गरे।

शाश्वत धाममा नियमित रूपमा वैदिक कर्मकाण्ड, योग शिविर, ध्यान साधना, सत्संग लगायतका कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्। साथै, यहाँको वैदिक गुरुकुलले परम्परागत शिक्षा प्रणालीलाई आधुनिक शिक्षासँग समन्वय गर्दै नयाँ पुस्तामा सनातन मूल्य र मान्यताहरू हस्तान्तरण गर्ने काम गर्दै आएको छ।

दुई धार्मिक स्थलबीचको सहकार्यले वैदिक ज्ञान र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा नयाँ अध्याय थप्ने विश्वास समेत गरिएको छ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार ००:००  ४ : ५८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping