अर्थतन्त्रमा सुधारको संकेत देखिएपनि थप काम गर्न आवश्यक छ : गर्भनर अधिकारी « Eglish Khabarhub

अर्थतन्त्रमा सुधारको संकेत देखिएपनि थप काम गर्न आवश्यक छ : गर्भनर अधिकारी


१६ पुस २०८१, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा सुधारको संकेत देखिए पनि अझै अपेक्षित प्रगति हुन नसकेको बताएका छन् । सोमबार पत्रकारहरूसँग कुरा गर्दै अधिकारीले पछिल्लो समय आर्थिक गतिविधिहरू केही सुधारिएको भए पनि सोचेअनुरूपको प्रगति नभएको बताएका हुन् ।

गर्भनर अधिकारीले भने,’मंसिरको रिपोर्टले पनि आर्थिक गतिविधिहरू केही सन्तोषजनक रहेको देखाएको छ । सार्वजनिक र निजी क्षेत्रबाट भएका प्रयासहरूलाई राष्ट्र बैंकले आर्थिक सहयोग प्रदान गरेको छ, जसले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुर्याएको छ।’

अधिकारीले पछिल्लो समय राज्यमा औद्योगिक क्षेत्रको विकास हुँदै गएको दाबी गरेका छन् । ‘२०४८ सालदेखि अहिलेको अवस्था हेर्दा उद्योगहरूको आकार ठूला भएका छन् । सिमेन्ट, रडजस्ता उद्योग फस्टाइरहेका छन्, जसले बैंकहरूमा ऋणको माग बढाएको छ । यो माग अर्थतन्त्रलाई चलायमान बनाउन सकारात्मक मान्नुपर्छ,’ उनले थपे ।

गर्भनर अधिकारीले केही क्षेत्रमा संकटको चर्चा भए पनि नेपालले अन्तर्राष्ट्रिय स्तरमा ‘कन्ट्री रेटिङ’लाई कायम राखेको उल्लेख गरे । ‘यो नेपालका लागि एउटा सफलता हो,’ उनले भने ।

गर्भनर अधिकारीले योजनाहरू समयमा सुरु गरेर सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याए । मन्त्रालय र विभागहरूलाई थप सक्रिय भएर काम गर्नुपर्ने उनको सुझाव छ । उनले आर्थिक सुधारका लागि प्रयासहरू जारी रहेको र थप समय लाग्ने बताए । ‘ठ्याक्कै जादुको छडीजस्तो केही छैन । योजनाहरूलाई समयमै कार्यान्वयन गर्नु आवश्यक छ,’ गर्भनर अधिकारीले भने ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार ००:००  ८ : ३१ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping