भीम रावलको पत्रकार सम्मेलन: ३१ पेज ओलीको आलोचनामा खर्च, गरे ७४ प्रश्न (पूर्णपाठ) « Eglish Khabarhub

भीम रावलको पत्रकार सम्मेलन: ३१ पेज ओलीको आलोचनामा खर्च, गरे ७४ प्रश्न (पूर्णपाठ)


१७ पुस २०८१, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावलले पार्टीबाट निष्कासनमा परेपछि बुधबार पहिलोपटक पत्रकार सम्मेलन आयोजना गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लामो समयदेखि असन्तुष्ट रहँदै आएका नेता रावलले सोही पत्रकार सम्मेलनमार्फत ओलीप्रति कडा असन्तुष्टि र रोष प्रकट गरे ।

पत्रकार सम्मेलनमा उनले ओलीलाई लक्षित गर्दै प्रश्नहरूको वर्षा गरे ।
पार्टीको महाधिवेशनदेखि सरकार सञ्चालनसम्म ओलीका गतिविधिप्रति असहमति जनाउँदै उनले ओलीलाई विभिन्न सवालमा चर्को आलोचना गरेका छन्।

उनले ‘नेपाली जनताको स्वाधीनताको भावना माथि किन प्रहार गरियो?’ ‘स्वतन्त्र मधेशको धारणा स्वीकार गर्नु स्वाधीन र अखण्ड नेपालको प्रधानमन्त्रीलाई सुहाउँछ?’, ‘राजनीतिलाई अस्थिर बनाउने काम किन गरियो?’ लगायतका प्रश्न गरे ।
डा. रावलले पार्टी सचिवालयको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै आफ्नो पार्टी सदस्यता खोसिएको गुनासो गरे। साथै, उनले वैकल्पिक राजनीतिक शक्ति निर्माणको घोषणा गरे।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रावलले आफ्नो प्रेस वक्तव्यमा ३१ पृष्ठ ओलीको आलोचना र प्रश्न राख्न खर्चिएका थिए । केवल एक पृष्ठमा मात्र उनले आफ्ना भावी योजनाको खाका प्रस्तुत गरे ।

एमालेमा झन्डै पाँच दशक सक्रिय रहेका रावललाई गत बुधबार बसेको पार्टी सचिवालय बैठकले पार्टी सदस्यता समेत नरहने गरी निष्कासन गरेको थियो । २०७८ सालमा चितवनमा भएको दशौं महाधिवेशनमा अध्यक्ष पदका लागि ओलीसँग प्रतिस्पर्धा गरेका रावल त्यसयता पार्टीमा प्रायः निष्क्रियजस्तै रहेका थिए।

रावलले ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गर्ने घोषणा गरे । उनले अभियानलाई राष्ट्रव्यापी रूपमा सञ्चालन गर्दै भ्रष्टाचार र कुशासनका विरुद्ध जनतालाई जागरूक बनाउने र अन्ततः सोही अभियानलाई राजनीतिक दलमा रूपान्तरण गर्ने योजना रहेको बताए ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार ००:००  ४ : ३६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping