३० मंसिर २०८२, सोमबार

उच्चस्तरीय आर्थिक सुधार आयोगका संयोजक खनालले औंल्याए ‘ब्याड बैंक’को आवश्यकता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वसचिव तथा उच्चस्तरीय आर्थिक सुधार आयोगका संयोजक खनालले नेपालमा ‘ब्याड बैंक’को आवश्यकता रहेको बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को वार्षिक साधारणसभामा बोल्दै खनालले नेपालमा सम्पत्ति व्यवस्थापन कम्पनी खोल्ने बेला भएको बताएका हुन् ।

अर्थतन्त्रमा रहेको धेरै अन्तरविरोध मध्ये बैंकको कडा नियमन र बढ्दो कम गुणस्तरीय सम्पत्ति एउटा अन्तरविरोध भएको उनको भनाइ छ । ‘बैंकको खराब सम्पत्ति बढेको देखिएको छ, नदेखिएका खराब कर्जा झन् कति होलान्,’ उनले भने ।

बैंकिङ क्षेत्रमा रहेका अन्तरविरोध हटाउने उपाय सम्पत्ति व्यवस्थापन कम्पनीको स्थापना गर्नु रहेको खनालको भनाइ छ । ‘सम्पत्ति व्यवस्थापन कम्पनी सार्वजनिक क्षेत्रबाट होस् वा सार्वजनिक–निजी सहकार्यबाट होस् अहिले नै आवश्यक छ,’ खनालले भने, ‘वित्तीय क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन सकेनौं भने भयावह अवस्था आउँछ, बैंक डुब्नु कुनै घरजग्गा कारोबार गर्ने कम्पनी डुबेजस्तो होइन ।’

अहिले आयोग सरोकारवाला र विज्ञसँग छलफलमा रहेको भन्दै उनले कस्तो किसिमको सुधार गर्दा आर्थिक वृद्धि गर्न सक्छौं भन्ने कुरा प्रतिवेदनमै उल्लेख गरिने बताए । तर, प्रतिवेदनमा कस्तो कुरा लेख्ने भन्ने कुरा अहिल्यै भन्न नसकिने बताए ।