सेयर बजारमा हरियाली, ६ अर्ब ३० करोडभन्दा बढीको कारोबार « Eglish Khabarhub

सेयर बजारमा हरियाली, ६ अर्ब ३० करोडभन्दा बढीको कारोबार



काठमाडौं । सेयर बजारमा आज हरियाली छाएको छ । नेपाल स्कट एक्सचेञ्ज (नेप्से) परिसूचक एक दशमलव ८९ प्रतिशत अर्थात् ४९ दशमलव १२ अङ्कले बढेर दुई हजार छ सय ४० दशमलव ६८ विन्दुमा पुगेको छ ।

विभिन्न तीन सय १२ कम्पनीका एक करोड ५४ लाख ६१ हजार दुई सय ६४ कित्ता सेयर ७५ हजार ५ सय ४० पटक कारोबार हुँदा ६ अर्ब ३० करोड ५४ लाख ३१ हजार आठ सय ८५ रूपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार आजको कारोबारपछि दुई २६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२ वटा कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । साथै, चार वटा कम्पनीको सेर मूल्य स्थिर छ ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै सुपर मादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९.७० प्रतिशत, साहास ऊर्जा लिमिटेडको सेयर मूल्य ८.७० प्रतिशत, माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य ८.५९ प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।

त्यसैगरी उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

Publish on: