राष्ट्रियस्तरको लघुवित्तका हकमा मात्र लागु यी व्यवस्था सबै लघुवित्तमा लागु « Eglish Khabarhub

राष्ट्रियस्तरको लघुवित्तका हकमा मात्र लागु यी व्यवस्था सबै लघुवित्तमा लागु



काठमाडौं । अबदेखि सबै लघुवित्त कम्पनीले एनएफआरएस अनुसार वित्तीय विवरण तयार पार्नुपर्न भएको छ । नेपाल राष्ट्र बैंकले एक परिपत्र गर्दै लघुवित्त वित्तीय संस्थाले नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) अनुसार वित्तीय विवरण तयार गर्नुपर्ने भएको हो ।

हालसम्म राष्ट्रिय स्तरका लघुवित्त वित्तीय संस्थालाई एनएफआरएस अनुसार वित्तीय विवरण तयार गर्दछन् । बाँकीले नेपाल लेखा मापदण्डअनुसार विवरण तयार गर्ने गर्दथे ।

मंगलबार राष्ट्र बैंक नियमन विभागले लघुवित्त संस्थाका लागि जारी गरेको एकीकृत निर्देशिका संशोधन गरेको हो । नेपाल वित्तीय प्रतिवेदनमानमा समावेश नगरेका क्षेत्रमा अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदनमान आधारका रूपमा लिनुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

यसैगरी लघुवित्तमा चुक्तापुँजीको ५ प्रतिशत सेयरधनी र निजको एकाघर परिवार बैंकको सीईओ हुन नपाउने व्यवस्था गरेको छ । यसअघि यस्तो व्यवस्था राष्ट्रियस्तरको लघुवित्तलाई मात्र लागु थियो ।
केन्द्रिय बैंकले लघुवित्त संस्थाहरूले नेसनल बैंकिङ इन्स्टिच्युट, नेपाल क्लियरिङ हाउस, कर्जा सूचना केन्द्र र नेपाल फिनसफ्ट कम्पनी बाहेक संगठित संस्थाको सेयर, डिबेन्चर तथा सामूहिक लगानी कोषमा समेत लगानी गर्न सक्ने व्यवस्था गरिदिएको छ । तर, त्यस्तो लगानी पूँजीकोषमा गणना गर्दा प्राथमिक पूँजीकोषबाट घटाउनुपर्ने व्यवस्था गरेको छ ।

लघुवित्त संस्थाले नेसनल बैंकिङ इन्स्टिच्युट, नेपाल क्लियरिङ हाउस र नेपाल फिनसफ्ट कम्पनीको सेयरमा लगानी गर्न पाउनेमा अब कर्जा सूचना केन्द्रको सेयरमा समेत लगानी गर्न सक्ने भएको हो । यस्तो लगानीमा भने प्राथमिक पूँजीकोषबाट घटाउनुपर्ने छैन ।

Publish on: