२९ मंसिर २०८२, आइतबार

बाटो नछोडेको भन्दै कारमा सवारले तोडफोड गरे टाटा सुमो, ९ जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङको दिक्तेलबाट काठमाडौं जाँदै गरेको टाटा सुमोमा काभ्रेको नमोबुद्ध नगरपालिका २ बेलामा तोडफोड भएको छ ।

बीपी राजमार्ग अन्तर्गत पात्लेगाउँमा विपरीत दिशाबाट आएको निजी कारमा सवार व्यक्तिहरूले बाटो नछोडेको भन्दै तुवाचुङ मारातिका यातायात प्रालि खोटाङको ना१ज ६१७२ नम्बरको टाटा सुमोमाथि ढुंगामुढा गरी तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

घटनासँग सम्बन्धित भिडियो क्लिप सार्वजनिक भएपछि प्रहरी टोलीले तोडफोडमा संलग्न ९ जनालाई पक्राउ गरेको हो ।

उक्त सडकखण्ड गत असोज १० र ११ गतेको भारी वर्षाका कारण रोशीखोला आसपासमा गएको पहिरोले क्षतिग्रस्त बनेपछि साँघुरो र जोखिमपूर्ण अवस्थामा छ ।