३० मंसिर २०८२, सोमबार

इसान बाल अस्पतालमा कामना सेवा विकास बैंकका ग्राहकलाई छुट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कामना सेवा विकास बैंकले बसुन्धारा, काठमाडौं स्थित इसान चिल्ड्रेन एण्ड ओमेन्स अस्पताल प्रालिसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले ल्याबले प्रदान गर्ने विभिन्न सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पु¥याउने उद्धेश्यले स्थापित उक्त ईशान बाल तथा महिला अस्पताल प्रालि मा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।