२९ मंसिर २०८२, आइतबार

न्यायाधीशसमक्ष रविले भने: मलाई थुनामुक्त गर्नुस्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अदालतसँग आफूलाई थुनामुक्त गर्न आग्रह गरेका छन्। बिहीबार इजलासमा न्यायाधीशले समय दिएपछि लामिछानेले आफ्नो धारणा राखेका थिए ।

रविले सहकारीको रकम पीडितलाई फिर्ता गराउन आफूले पहल गरिरहेको र बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने बताए । लामिछानेले पीडितका लागि गरेको कामका प्रमाणसहित उपस्थित हुने बताए ।

उनले भने, ‘गृहमन्त्री हुँदा पनि मैले शक्तिको दुरुपयोग गरेको छैन । सहकारी पीडितको रकम फिर्ता गराउन निरन्तर प्रयास गरिरहनेछु। हरेक पटक सहकारी पीडितका लागि मैले गरेका कामका प्रमाणसहित उपस्थित हुनेछु ।’

उनले कम्पनीमा आएको रकम खर्च गर्नु आफ्नो जिम्मेवारी भएको प्रस्ट पार्दै, संसदीय छानबिन समितिले पनि आफ्नो सहकारीबाट पैसा लिने प्रक्रियामा कुनै संलग्नता नरहेको निचोड निकालेको उल्लेख गरे ।

रविले कानुन विपरीत मुद्दा दर्ता भएको लामिछानेले भने । ‘म पीडितको पक्षमा निरन्तर लागिपर्छु । मलाई थुनामुक्त गरिदिनुस्, श्रीमान। प्रत्येक पटक सहकारी पीडितका पक्षमा गरेको कामका प्रमाण लिएर आउनेछु।’