![](https://internal.appharu.com/wp-content/uploads/2024/10/kaski-jilla-adalat-768x401.jpg)
कास्की । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा संलग्न रहेका तीन जनालाई धरौटी बुझाएपछि रिहा गरेको छ ।
अदालतका अनुसार रिहा हुनेहरूमा आरती गुरुङ, पूर्वसांसद मीना गुरुङ र कृष्णबहादुर गुरुङ रहेका छन् । आरती र मीनालाई ५–५ लाख रुपैयाँ तथा कृष्णलाई १ लाख रुपैयाँ धरौटी माग गरिएको थियो ।
उनीहरु धरौटी बुझाएसँगै रिहा भएका हुन् । तर लीला पछाईँलाई भने अदालतले माग गरेको ३७ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि कारागार चलान भएकी छन् ।
अदालतले यस मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६५ लाख रुपैयाँ र छविलाल जोशीलाई ८८ लाख रुपैयाँ धरौटी माग गरेको छ ।
SHARE YOUR THOUGHTS