प्रतिबन्धित औषधी बेच्नेलाई कारबाही गर्ने औषधी व्यवस्था विभागको चेतावनी « Eglish Khabarhub

प्रतिबन्धित औषधी बेच्नेलाई कारबाही गर्ने औषधी व्यवस्था विभागको चेतावनी


२६ पुस २०८१, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । औषधी व्यवस्था विभागले प्रतिबन्धित औषधी बिक्री वितरण भैरहेको पाइएको भन्दै त्यस्ता औषधी बिक्री नगर्न चेतावनीयुक्त सूचना जारी गरेको छ ।

विभागले पुष २५ गते जारी गरेको सार्वजनिक सूचनामा विभागमा दर्ता नभएका तथा चिकित्सकको पुर्जीमा मिश्रित फर्मास्युटिकल बनावट भएका औषधीहरु, न्युट्रास्युटिकल्सका नाममा तथा औषधीमिश्रित सौन्दर्य प्रसाधनसमेत बिक्री भैरहेको गुनासो आएकाले यसलाई रोक्न चेतावनी दिएको छ ।

अनुगमनका क्रममा विभागमा दर्ता नभएका तथा प्रतिबन्धित औषधीहरु चिकित्सकीय पूर्जामा सिफारिस हुँदा नागरिकको स्वास्थ्यमा प्रतिकुल असर परेको निरिक्षणका क्रममा पाइएको भन्दै यस्ता औषधीको बिक्री वितरण तथा सिफारिस रोक्न चिकित्सक तथा औषधी फर्माहरुलाई सूचित गरेको छ ।

विभागले नियमित अनुगमन भैरहने भन्दै सूचनाको अवज्ञा गरी बिक्री वितरण गरेको पाइएमा जफत तथा औषधी ऐन २०३५ बमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

विभागले विगतमा प्रतिबन्धित भिटामिन तथा खनिज मिश्रित वस्तु बिक्री गर्नेबिरुद्ध न्यायालयबाट समेत मागदावी बमोजिम आदेश प्राप्त भएको भन्दै पटक पटक सूचना जारी गर्दा पनि कानुनविपरित गर्नेलाई कारबाही गर्ने चेतावनी दोहोर्याएको छ ।

कतिपय चिकित्सकले आवश्यक मात्राभन्दा बढी भिटामिन तथा खनिज समिश्रित औषधी सिफारिस गर्ने गरेको गुनासो समेत मन्त्रालयले प्राप्त गरेको प्रवक्ता प्रकाश बुढाथोकीले बताए ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार ००:००  १२ : २५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping