![](https://internal.appharu.com/wp-content/uploads/2024/11/patan-uchha-adalat_high-court1-768x403.png)
काठमाडौं । उच्च अदालत पाटनले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको सदस्यमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले गरेको नियुक्ति बदरमा अन्तरिम आदेश जारी गरेको छ ।
मन्त्रिस्तरीय निर्णयले पुस २ गते मन्त्री खड्काले लक्ष्मण केसीलाई प्राधिकरणको सञ्चालकमा नियुक्त गरेका थिए । उक्त नियुक्ति बदरका लागि अन्तरिम आदेश माग गर्दै जनार्दन जोशीले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । केसीको सञ्चालक हुन योग्यता नपुगेको शर्माको दाबी छ ।
शुक्रबार श्यामकुमार भट्टराई र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले रिटमा अन्तरिम आदेश जारी गरेको हो ।
यसअघि न्यायाधीश टिकाराम आचार्यको एकल इजलासले पुस १९ गते अन्तरिम आदेश जारी गर्ने सम्बन्धमा विपक्षीलाई समेत झिकाउने आदेश दिएको थियो ।
पाटन उच्च अदालतले अन्तरिम आदेश दिएसँगै केसीले यो मुद्दा किनारा नलागेसम्म प्राधिकरणको सञ्चालकको रुपमा काम कारबाही गर्न पाउने छैनन् ।
प्रतिक्रिया