२९ मंसिर २०८२, आइतबार

प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गरिदिन सामान्य प्रशासनलाई बालेनको पत्र, गुरागाईंमाथि छानविन जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गरिदिन सामान्य प्रसासनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आग्रहसहितको पत्र लेखेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ प्रमुख प्रशासकीय अधिकृत माग गर्दै पत्र लेखेका छन्

‘हालका प्रमुख प्रशासकीय अधिकृतको विषयमा छानविन भइरहेको हुँदा हाल उहाँ बिदामा बस्नु भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ दफा ८४ बमोजिमको कामकाज गर्नका लागि प्रमुख प्रशासकीय अधिकृत खटाई पठाई दिनुहुन अनुरोध छ,’ पत्र लेख्दै बालेनले भनेका छन् ।

पुरानो बसपार्कस्थित काठमाडौं टावरको नक्सा प्रक्रिया नपुर्‍याई पास गरेको भन्दै महानगरले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन गर्न समिति बनाएको छ । उनिमाथि महानगरले छानविन गरिरहेकाे छ ।

छानबिन समिति बनेसँगै गुरागाईं बिदामा बसेपछि निमित्त प्रमुखको जिम्मेवारी गोविन्दप्रसाद शर्माले पाएका थिए ।