घरायसी ग्यासमा मात्रै अनुदान दिने उद्योग मन्त्री भण्डारीको घोषणा, यसबाट निगमको २ अर्ब जोगिने « Eglish Khabarhub

घरायसी ग्यासमा मात्रै अनुदान दिने उद्योग मन्त्री भण्डारीको घोषणा, यसबाट निगमको २ अर्ब जोगिने


२७ पुस २०८१, शनिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी माघदेखि खाना पकाउने एलपी ग्यासमा फरक फरक मूल्य कायम गर्ने तयारी भएको घोषणा गरेका छन् ।

नेपाल आयल निगमको ५५ औँ वार्षिकोत्सवको उद्घाटन गर्दै मन्त्री भण्डारीले ग्यासलाई औद्योगिक र घरायसी प्रयोजनका लागि छुट्याएर दोहोरो मूल्य कायम गरिने घोषणा गरेका हुन् ।

‘हाल ग्यासमा दिइरहेको अनुदानबाट वार्षिक ११ अर्ब रुपियाँ खर्च भइरहेको छ तर यसको लाभ सर्वसाधारणभन्दा पनि व्यवसायीले लिइरहेका छन्,’ मन्त्री भण्डारीले भने ।

उनले ग्यासको फरक फरक मूल्य बनाएर घरायसी उपभोक्तालाई अनुदानको व्यवस्था गर्ने बताए ।

व्यवसायीले ग्यासमा मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता पाउने र अनुदान पनि प्रयोग गर्ने हुँदा दोहोरो फाइदा लिएकाले घरायसी उपभोक्तालाई मात्र अनुदान दिने गरी तयारी गरिएको उनले जानकारी दिए।

अहिले प्रतिसिलिन्डरमा तीन सय अनुदान छ । त्यो अनुदान घरायसी प्रयोजनमा सीमित गर्ने हो भने वार्षिक ९ अर्ब रुपैयाँले पुग्ने र २ अर्ब बचत हुने मन्त्री भण्डारीको भनाइ छ । अहिले प्रति सिलिण्डर करिक २५० रुपैयाँ निगमले व्यहोर्दै आएको छ ।

घरायसी प्रयोजनमा दिएको अनुदान अझै बढाएर आम उपभोक्तालाई सहुलियत दिने तयारी गरिएको उनले जानकारी दिए । १४.२ किलोको ग्यास सिलिन्डरको भ्याटसहित खुद्रा बिक्री मूल्य एक हजार ९१० रुपैयाँ निर्धारण गरिएको छ ।

ग्यासमा लाग्दै आएको भ्याट होटेल, रेस्टुरेन्ट, औद्योगिक प्रयोजनमा खपत गर्ने व्यवसायीले फिर्ता पाउँछन् । पाँचतारे होटेलदेखि सडकपेटीसम्म चिया पकाउने र घरायसी प्रयोजनका लागि हाल ग्यासको एउटै मूल्य छ ।

मन्त्री भण्डारीले निगमले समयसापेक्ष व्यापार विविधीकरण गर्दै जानुपर्ने बताए ।

‘ढुवानी, डिलर ग्यासको सन्दर्भ मात्र निगमको प्रमुख कामको क्षेत्र होइन,’ मन्त्री भण्डारीले भने, ‘नतिजा देखिने गरी नयाँ ढङ्गले काम अगाडि बढाउनु पर्छ ।’

निगमको समस्या व्यवसायीले देखाउने र व्यवसायीका समस्या निगम देखाउने प्रवृत्तिबाट हटेर व्यावसायिक क्षमता वृद्धि गर्न प्रस्ताव लिएर आउन आग्रह गर्दै मन्त्री भण्डारीले समस्या समाधान गर्न आफु तयार रहेको बताएका छन् ।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको हवाई इन्धन डिपो स्थानान्तरण गर्ने प्रक्रिया अगाडि बढे पनि जुन गतिमा काम हुनुपर्ने हो हुन नसकेको र निगम यसमा उदासीन देखिएको छ,’ उनले भने ।

उद्योग सचिव कृष्ण राउतले निगमले पेट्रोलियत पदार्थ मात्र नभएर वैकिल्पक ऊर्जातर्फ व्यापार विस्तार गर्न आवश्यक रहेको सुझाव दिए । १० वर्षमा निगमलाई कसरी लैजाने भनेर रणनीति योजना बनाउन सुझाव दिँदै उनले स्वचालित मूल्य प्रणाली समय अनुसार परिवर्तन गर्दै जानुपर्ने बताए।

निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले इन्धनको आपूर्ति, भण्डारण र वितरणसँगै पूर्वाधार निर्माणको काम अगाडि बढाएको जानकारी दिए ।

इन्धनमा लागु गरिएको स्वचालित मूल्य प्रणालीले निगमको आर्थिक सुधारसँगै २०७६ सालदेखि सञ्चालनमा आएको पेट्रोलियम पाइप लाइनले इन्धनको बिक्री मूल्यमा तीन रुपियाँ सस्तो पर्न गएको जानकारी दिए ।

दोस्रो चरणको पाइप लाइन विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले ग्यास पाइपलाइनबाट भित्र्याएर भण्डारण गर्न आवश्यक रहेको बताए ।

वार्षिकोत्सवका अवसरमा अवसरमा निगमका नायव कार्यकारी निर्देशक वीरेन्द्र गोइत सुवर्ण सर्वोत्कृष्ट कर्मचारी सम्मानबाट पुरस्कृत भएका छन् ।

मन्त्री भण्डारीले गोइतलाई ५० हजार नगदसहित प्रमाण पत्रले पुरस्कृत गरेका थिए । त्यस अवसरमा कार्यसम्पादनमा उत्कृष्ट कर्मचारीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार ००:००  १० : ०२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping