माग धान्न गहुँ आयात प्रतिबन्ध पूर्णरुपमा खुला हुनुपर्छ : उद्योगी « Eglish Khabarhub

माग धान्न गहुँ आयात प्रतिबन्ध पूर्णरुपमा खुला हुनुपर्छ : उद्योगी


२७ पुस २०८१, शनिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । पछिल्लो साढे २ वर्षदेखि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको भारतले नेपाललाई २ लाख टन गहुँ आयात गर्न अनुमति दिएको छ ।

यसबाट यहाँका उद्योगहरूमा हुने गहुँको माग धान्न सहज हुने सरकारी अधिकारीहरूले बताएका छन् ।

भारत सरकारको वैदेशिक व्यापार महानिर्देशनालयले शनिवार जारी गरेको विज्ञप्तिअनुसार भारतले नेशनल कोअपरेटिभ लिमिटेड (एनसीईएल) मार्फत नेपाललाई २ लाख टन गहुँ निर्यात गर्न स्वीकृति दिएको हो ।

गहुँ र आटाको मूल्यवृद्धि नियन्त्रण तथा खाद्य सुरक्षालाई दृष्टिगत गर्दै भारतले २०७९ वैशाख अन्तिम सातादेखि गहुँ निर्यातमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको थियो । यसअघि संसारका ठूला गहुँ निर्यात गर्ने मुलुकहरू रूस र युक्रेन आपसी द्वन्द्वमा फसेसँगै संसारभर गहुँको मूल्य बढेको थियो ।

भारतको प्रतिबन्धका कारण नेपाली बजारमा गहुँबाट उत्पादित खाद्य वस्तुको मूल्य बढ्न थालेपछि मैदा, चाउचाउ तथा बिस्कुट उत्पादकलगायतले गहुँ, पिठो र मैदाको सहज आपूर्ति गरिदिन सरकारसँग माग गर्दै आएका थिए । कतिपयले मूल्य वृद्धि नगरीकन खाद्य वस्तुकै परिमाण र आकार घटाए, जसलाई अर्थतन्त्रमा ‘स्रिंकफ्लेशन’ पनि भन्ने चलन छ ।

उद्योगी व्यवसायीको मागलाई सम्बोधन गर्दै गत कात्तिकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट २ लाख टन गहुँ आयात गर्न पहल थालेको थियो । मन्त्रालयले गहुँ आपूर्तिका लागि भारतसँग आग्रह गरेको करीब ३ महीनापछि भारतले त्यसमा स्वीकृति जनाएको हो ।

भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘हाम्रो अनुरोधमा भारत सरकारले हामीलाई नेशनल कोअपरेटिभ लिमिटेड (एनसीईएल) मार्फत २ लाख टन गहुँ आयात गर्न अनुमति दिएको छ । भारतले अन्यथा गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ । हाम्रातर्फ नेपालले गहुँको स्वदेशी उत्पादनबाट माग धान्न सकेको छैन ।’

भारतबाट २ लाख टन गहुँ आयात गरिए पनि अहिलेको अवस्थामा नेपाली उद्योगका लागि आवश्यक कच्चा पदार्थ सहज नहुने उद्योगीरव्यवसायीले दाबी गर्दै आएका छन् ।

भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएपछि आयात रोकिएसँगै बिस्कुट, चाउचाउ र मैदालगायत उद्योगहरूको उत्पादनमा ठूलो असर परेको उद्योगीले बताउँदै आएका छन् ।

नेपाल बिस्कुट उत्पादक संघका कोषाध्यक्ष दिलीपकुमार श्रेष्ठले अहिलेको अवस्थामा भारतबाट २ लाख टन गहुँ आयात भए पनि उद्योगलाई आवश्यक कच्चा पदार्थका लागि पर्याप्त नहुने बताए । उनका अनुसार भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएसँगै अधिकांश बिस्कुट फ्याक्ट्रीको उत्पादन प्रभावित भएको छ ।

‘यसबीचमा बिस्कुटहरूको मूल्यसमेत बढेको छ । कतिपय उद्योग पनि बन्द भएका छन् । उद्योगहरूको माग धान्न र आपूर्ति सहज बनाउन आयात प्रतिबन्ध नै खुलाउन सरकारले पहल थाल्नुपर्छ,’ उनले भने ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले भने उद्योगीहरूको भनाइलाई खण्डन गर्दै उद्योगको आवश्यकता सहज बनाउन आयात प्रतिबन्ध नै खोल्नुपर्ने अवस्था नभएको बताए । उनका अनुसार अहिले भारतले दिएको २ लाख टन नै उद्योगको माग धान्न पर्याप्त छ ।

गतवर्ष सरकारले ३ लाख टनभन्दा बढी गहुँ आयातको स्वीकृति पाउँदा पनि उद्योगीले करीब डेढ लाख टन मात्रै आयात गरेकाले यसपालि कोटा घटाएर २ लाख टन मात्रै माग गरिएको उनले बताए ।

व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रको तथ्यांकअनुसार नेपालले गत आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ७३ करोड रुपैयाँ बराबरको गहुँ आयात गरेको थियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा करीब ७ लाख हेक्टर जमीनमा २१ लाख टन गहुँ उत्पादन हुने गरेको छ । तर, यो उत्पादन औद्योगिक प्रयोजनका लागि पर्याप्त हुँदैन । त्यसकारण भारतबाट आयात गर्नुपरेको मन्त्रालयको भनाइ छ ।

नेपालले भारतबाहेक मेक्सिको, चीन, जापान, थाइल्यान्ड, बेलायत, बंगलादेशलगायत अन्य मुलुकबाट पनि गहुँ आयात गर्छ । विश्वव्यापी रूपमा रूस, यूरोपेली संघ, अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, युक्रेन, अर्जेन्टिना र क्यानडापछि भारत आठौं ठूलो गहुँ निर्यातकर्ता हो ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार ००:००  १२ : २७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping