चन्द्रागिरिका सेयरधनीलाई केबलकारको टिकटमा एक वर्षसम्म २५ प्रतिशत छुट दिने अध्यक्ष ढकालको घोषणा « Eglish Khabarhub

चन्द्रागिरिका सेयरधनीलाई केबलकारको टिकटमा एक वर्षसम्म २५ प्रतिशत छुट दिने अध्यक्ष ढकालको घोषणा



काठमाडौं । चन्द्रागिरि हिल्सका अध्यक्ष हेमराज ढकाल सबै सेयरधनीहरुलाई केबलकार टिकटमा एक वर्षका लागि २५ प्रतिशतसम्म छुट दिने घोषणा गरेका छन् ।

कम्पनीको १५ औं बार्षिक साधारणसभामा उनले उनले यस्तो घोषणा गरेका हुन् । ‘शेयरधनीहरुका लागि चन्द्रागिरि भ्रमणलाई थप प्रोहत्सान गर्न तथा चन्द्रागिरिमा आ–आफ्ना धार्मिक, समाजिक तथा पारिवारिक कार्यक्रमहरु, समारोहहरुको आयोजना गर्न आह्वान गनुभयो’ उनले भने ‘सम्पूर्ण शेयरधनीहरुलाई केबलकार टिकटमा एक वर्षका लागि २५ प्रतिशत छुट दिने छौं ।’

उनले केबलकार बन्द भएको विषय सामाजिक संजालहरुमा अतिरञ्जित रुपमा व्याख्या गरिएको जनाए । उनले आगामी दिनमा यस्ता समस्याहरुको निराकरणमा विशेष ध्यान पुयाउन व्यवस्थापनलाई अनुरोध गरे । उनले चन्द्रागिरिमा आफ्ना धार्मिक, सामाजिक तथा पारिवारिक कार्यक्रम, समारोह आयोजना गर्न आग्रह गरे ।

Publish on: