काठमाडौं । चिनियाँ मोबाइल कम्पनी अनरले नयाँ फोन बजारमा ल्याएको छ । कम्पनीले अनर एक्स सिरिजको नयाँ फोन ल्याएको हो ।
एक्सफाइभबी प्लसमा ५२०० एमएएच ब्याट्रीले लामो समय टिक्ने ब्याट्री लाइफ र उत्कृष्ट स्ट्यान्डबाइ समय प्रदान गर्दछ । एक्स सिरिजलाई विशेषगरी मध्यस्तरका स्मार्टफोनलाई नयाँ परिभाषा दिनका लागि डिजाइन गरिएको हो । यसले लामो समय टिक्ने ब्याट्री, प्रशस्त स्टोरेज, उन्नत एआई क्यामेरा र आकर्षक डिस्प्लेको साथमा प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्दछ ।
एक्सफाइभबी सिरिजको ५२०० एमएएच ब्याट्रीले एकपटक चार्जमा दुई दिनसम्म सामान्य प्रयोगको लागि पर्याप्त शक्ति प्रदान गर्दछ। यसले २२ घण्टासम्मको इन्टरनेट ब्राउजिङ वा २३ घण्टासम्मको सामाजिक सञ्जाल चलाउन सहज बनाउँछ। अनर सुपर पावरसेभिङ मोडले केवल १० प्रतिशत ब्याट्रीले १९ घण्टासम्म स्ट्यान्डबाइ समय दिन्छ । यसका साथै, १ हजार चार्ज साइकलपछि पनि यो ब्याट्रीको ८० प्रतिशत क्षमता कायम रहन्छ, जसले चार वर्षसम्म भरपर्दो प्रदर्शन सुनिश्चित गर्दछ।
एक्सफाइभबीमा ६४ जीबी स्टोरेज र एक्सफाइभबी प्लसमा १२८ जीबी स्टोरेज उपलब्ध छ। यसले प्रयोगकर्ताहरूलाई धेरै फोटो, गीत वा फिल्महरू सजिलै सुरक्षित गर्न अनुमति दिन्छ । अनर र्याम टर्बो प्रविधिले ४ जीबीलाई ८ जीबीसम्म पुर्याउँछ, जसले मल्टिटास्किङ अझ सहज बनाउँछ।
एक्सफाइभबी सिरिजमा ५० एमपी एआई अल्ट्रा-क्लियर मुख्य क्यामेरा र ५ एमपी सेल्फी क्यामेरा उपलब्ध छ । एआई क्ल्यारिटी इनह्यान्समेन्टले उत्कृष्ट तस्वीरहरू सुनिश्चित गर्दछ । फोनमा रहेको ६.५६ इन्चको डिस्प्ले ९०हर्ज रिफ्रेस रेट र ५३० निट्स ब्राइटनेसमा उपलब्ध छ । यसले सूर्यको उज्यालोमा पनि स्पष्ट दृश्य प्रदान गर्दछ । इबुक मोड, डीसी डिमिङ र डाइनामिक डिमिङ लिस्प्लेजस्ता विशेषताले लामो समयसम्म प्रयोग गर्दा आँखालाई आरामदायी अनुभव दिन्छ।
एक्सफाइभबी सिरिज मिडनाइट ब्ल्याक, ओसन ब्लु, र स्टार्री पर्पल रंगमा उपलब्ध छ। यसको मूल्य १२ हजार ९९९ रूपैयाँबाट सुरु रहेको छ ।
प्रतिक्रिया