अमेरिकामा लागेको आगो अझै पूर्णरुपमा नियन्त्रणमा आउन सकेन, २४ जनाको मृत्यु « Eglish Khabarhub

अमेरिकामा लागेको आगो अझै पूर्णरुपमा नियन्त्रणमा आउन सकेन, २४ जनाको मृत्यु



एजेन्सी । अमेरिकाको लस एन्जलसमा लागेको आगोले हालसम्म पूर्णनियन्त्रणमा आउन सकेको छैन । आगलागीका कारण अहिलेसम्म २४ जनाको मृत्यु भएको छ भने २३ जना हराइरहेका समाचारहरुमा जनाइएको छ ।

आगोबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा पैलिसेड्स, ईटन र हर्स्ट समावेश छन् । पैलिसेड्स क्षेत्र सबैभन्दा बढी प्रभावित छ, जहाँ आगो २३ एकडभन्दा बढी क्षेत्रमा फैलिएको छ र केवल १४ प्रतिशत आगो मात्र नियन्त्रणमा ल्याउन सकिएको बीबीसीले जनाएको छ ।

आगलागी नियन्त्रणका लागि ५ हजारभन्दा बढी उद्धारकर्मी लागि परेका छन् । अमेरिकी नेशनल वेदर सर्भिसका मौसम विज्ञानी रिच थोम्पसनका अनुसार आगो फैलाउन मुख्य भूमिका खेलेको सान्ता एना हावाबाट तत्काल राहतको सम्भावना छैन।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आगलागीमा परि मृत्यु भएकाहरुप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

Publish on: