बुटवल पावर कम्पनीले ५ प्रतिशत नगद लाभांश पारित « Eglish Khabarhub

बुटवल पावर कम्पनीले ५ प्रतिशत नगद लाभांश पारित


१ माघ २०८१, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले सेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको आइतबार बसेको  ३२ औं वार्षिक साधारण सभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ५ % (पाँच प्रतिशत) नगद लाभांश वितरण गर्ने संचालक समितिबाट पेश भएको प्रस्ताव पारित गरेको छ ।

नेपाल सरकारको आंशिक लगानी रहेका कारण कम्पनी ऐन, २०६३ बमोजिल सरकारको स्वीकृति लिएर सेयरधनीहरुलाई नगद लाभांश यथाशक्य छिटो वितरण गरिने कम्पनीले जनाएको छ । ३१ औं बार्षिक साधारण सभाको निर्णय बमोजिम १ करोड कित्ता सेयर प्रिमियम मूल्यमा थप सार्वजनिक निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा दरखास्त पेश गरी प्रक्रियामा रहेको छ ।

यो कम्पनीले संचालन गर्दै आएका ९.४ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिमरुक जलविद्युत केन्द्रहरु नियमित रुपमा संचालन भैरहेका छन् । साथै सहायक तथा सम्वद्ध कम्पनीहरु मार्फत संचालित ४ मेगावाटको खुदी जलविद्युत केन्द्र र ६० मेगावाटको खिम्ती प्रथम जलविद्युत केन्द्रको संचालन हुँदै आएको छ ।

खिम्ती प्रथम जलविद्युत केन्द्रको स्वामित्वको आधा हिस्सा जुलाई २०२० देखी नेपाल विद्युत प्राधिकरणमा जाने भएपनि हाल सम्म विद्युत खरिद बिक्री सम्झौतामा सहमति नभएका कारण अन्तरिम प्रवन्ध अन्तर्गत उक्त केन्द्रबाट प्राधिकरणलाई विद्युत आपूर्ति भईरहेको छ ।

३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भई २०७९ बैशाख २७ देखि संचालनमा आएको छ । विद्युत प्राधिकरणवाट निर्माण हुनु पर्ने प्रसारणलाइन निर्माणमा ढिलाई भएका कारण आयोजनाले वैकल्पिक प्रसारणलाइन निर्माण गरी विद्युत आपूर्तिको व्यवस्था गरिएको गरिएको कम्पनीले जनाएको छ ।

२०८२ को साउनदेखि आयोजनाको विद्युत खरिद बिक्री सम्झौता टेक अर पे मा परिणत हुने गरी विद्युत प्राधिकरणसँग सहमति भएको छ । ३७.६ मेगावाटको कावेली ‘ए’ जलविद्युत आयोजनाको स्थानीय रुपमा वित्तिय लगानी जुटाएर निर्माण कार्य तिब्र गतिमा सुचारु भएको छ ।

तीन चिनियाँ लगानीकर्ताहरुसंगको संयुक्त लगानीमा मर्स्याङदी नदीमा निर्माणको चरणमा रहेका अयोजनाहरुमा १३५ मेगावाटको मनाङ मर्स्याङदी जलविद्युत आयोजना, १३९.२ मेगावाटको तल्लो मनाङ मर्स्याङदी जलविद्युत आयोजना र ३२७ मेगावाटको माथिल्लो मर्स्याङदी दोस्रो जलविद्युत आयोजना क्यासकेड अर्ध जलाशययुक्त अवधारणामा (कुल जम्मा ६०१ मेगावाट) वित्तिय व्यवस्थापन भई अगाडि बढाउने क्रममा छन् ।

१३५ मेगावाटको मनाङ मर्स्याङदी जलविद्युत आयोजनाको निर्माण कार्य सुरु भइसकेको छ । त्यस्तै ७.९ मेगावाटको चिनोखोला जलविद्युत आयोजना पनि निर्माण तयारीको अन्तिम चरणमा रहेको छ । १६० मेगावाटको मुगु कर्णाली जलविद्युत आयोजना र ७ मेगावाटको झिमरुक सौर्य आयोजनाहरु पनि सम्भाव्यता अध्ययनकै क्रममा रहेका छन् ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार ००:००  ४ : ४९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping