काठमाडौं । यमाहा कम्पनीले १३ हजार ३४८ थान यमाहा एफजेड– २५ र यमाहा फेजर–२५ मोडलका मोटरसाइकलमा समस्या देखिएपछि उपभोक्तालाई मर्मत गर्न फिर्ता ल्याउन भनेको छ ।
मोटरसाइकलको हेड कभरमा समस्या देखिएपछि कम्पनीले मर्मतका लागि मोटरस फिर्ता बोलाएको हो ।
कम्पनीले दिएको जानकारी अनुसार १२ हजार ६२० वटा एफजेड २५ र ७२८ वटा फेजर मोटरसाइकलमा हेड कभरको बल्टु खुकुलो हुने समस्या देखिएको हो ।
यसरी प्रभावित भएका मोटरसाइकलहरु यहि जुन २०१९ देखि बनेका हुन् । कम्पनीले यो समस्या सित्तैमा सल्टाइदिने र सम्बन्धित ग्राहकलाई सम्पर्क गर्ने बताएको छ ।
यसरी कम्पनीले मोटरसाइकल फिर्ता बोलाएको यो पहिलो घटना भने होइन् । सन् २०१८ को जनवरीमा पनि ठ्याक्कै यहि समस्याका कारण कम्पनीले २३ हजारभन्दा धेरै मोटरसाइकल मर्मतका लागि फिर्ता बोलाएको थियो ।
SHARE YOUR THOUGHTS