काठमाडौं । मेगा बैंकबाट अनिलकेशरी शाह बाहिरिदा बैंकलाई ५० लाख फाइदा भएको देखिएको छ ।
मेगा बैंकमा कार्यरत रहदा अनिल शाहले वार्षिक तलब/भत्ता गरेर १ करोड ६० लाख रुपैयाँ दिएको थियो ।
बैंकमा अहिले प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेली छन् । खुन्जेली वाणिज्य बैंकमा नेतृत्व गर्ने पहिलो महिला सीइओ हुन् ।
मेगा बैंकले अनिल शाहभन्दा खुन्जेलीलाई कम तलब दिएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक विवरण अनुसार खुन्जेलीका लागि गत आर्थिक वर्ष बैंकले तलब/भत्ता र सेवा/सुविधा गरेर १ करोड १४ लाख ४३ हजार रुपैयाँ खर्च गरेको छ ।
यो सबै रकम खुञ्जेलीको खल्तीमा जाँदैन । उनले यही रकमबाट राज्यलाई ३६ प्रतिशत कर तिरेकी छन् ।
शाहको भन्दा खुन्जेलीको तलब ४६ लाख रुपैयाँ कम छ ।
प्रमुख कार्यकारी अधिकृतलाई गाडीसहित ड्राइभर सुविधा तथा इन्धन लगायतका अन्य खर्चको सुविधा पनि हुन्छ ।
मेगा बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत बाहेक अन्य उच्च कर्मचारीको लागि तलब तथा भत्ता र सुविधामा ८ करोड ५९ लाख रुपैयाँ खर्च गरेको छ ।
बैंकले गत वर्ष कर्मचारीको तलबको लागि ४६ करोड ६९ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो वर्ष २४ करोड ९५ लाख रुपैयाँ खर्च गरेको थियो ।
कर्मचारीको भत्तामा २५ करोड रुपैयाँ खर्च भएको छ । अघिल्लो वर्ष भत्तामा १४ करोड रुपैयाँ खर्च भएको थियो । बैंकले गतवर्षको नाफाबाट सेयरधनीलाई ११.७५ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।
SHARE YOUR THOUGHTS