काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका आयोजनामा बढी मुआब्जा लिने प्रवृति हाबी भएको बताएका छन् । माथिल्लो त्रिशुली थ्री ए आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास निर्माणमा आवश्यत्ताभन्दा बढी मुआब्जा माग्नेहरु हाबी भएको बताए ।
यसले विकास निर्माणको काम अगाडि बढाउन नसक्ने भन्दै प्रधानमन्त्री ओलीले मुआब्जा र क्षतिपूर्ति माग्दा सरकारको क्षमतालाई समेत हेर्नुपर्ने बताए ।
उनले विगतमा माथिल्लो त्रिशुली थ्री ए को क्षमता विस्तार गर्ने निर्णय ठिक भएको भन्दै गलत मनासाय राखेर आन्दोलन गर्दा ३० मेगावाट विजुली उत्पादन हुन नसकेको बताए ।
माथिल्लो त्रिशुली थ्री ए को क्षमता ६० मेगावाटबाट ९० मेगावाट बनाउने निर्णय भएपनि विद्युत् प्राधिकरणमा भएको कर्मचारी आन्दोलनले त्यो निर्णय स्थगित भएको थियो ।
SHARE YOUR THOUGHTS