काठमाडौं । जनता बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत परशुराम क्षेत्रीको लागि १ करोड ३६ लाख रुपैयाँ खर्च गरेको छ ।
बैंकले १ करोड ३६ लाख रुपैयाँ खर्च गरेपनि सीईओ क्षेत्रीले भने सो रकम सबै पाउदैनन् । यसमा नियम अनुसार लाग्ने कर काटेपछि मात्र क्षेत्रीले तबल भत्ता पाउँछन् ।
बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार क्षेत्रीले गतवर्ष बैंकले क्षेत्रीलाई तलब १ करोड ८ लाख रुपैयाँ खर्च गरेको छ ।
दशैं खर्च वापत ९ लाख रुपैयाँ,संचय कोष योगदानमा १० लाख ८० हजार अन्य भत्ता गरेर १८ लाख ६९ हजार रुपैयाँ खर्च गरेको छ ।
जनता बैंकले ग्लोबल आइएमई बैंकसँग मर्जरमा जाने सम्झौता गरेको छ । साधारणसभाले मर्जरमा जाने निर्णयलाई अनुमोदन गरेको हुँदा केही समय पछाडि ग्लोबल आइएमई बैंकको नाममा एकीकृत कारोबार हुने छ ।
जसमा प्रमुख कार्यकारी अधिकृत रुपमा क्षेत्रीको निरन्तरता हुने छ ।
जनता बैंकले प्रमुख कार्यकारी अधिकृत बाहेक अन्य उच्च तहका कर्मचारीलाई तलब भत्तामा ३ करोड ५६ लाख रुपैयाँ खर्च गरेको छ ।
मर्जरमा जान लागेको ग्लोबल आइएमई बैंकले भने प्रमुख कार्यकारी अधिकृत तथा कामु कार्यकारी अधिकृतको लागि ३ करोड २५ लाख रुपैयाँ खर्च गरेको छ ।
गत आर्थिक वर्षमा माघसम्ममा बैंकमा जनक शर्मा पौड्याल प्रमुख कार्यकारी अधिकृत थिए । त्यसपछि कामु प्रमुख कार्यकारी अधिकृत भएर महेश शर्मा ढकालले काम गरेका छन् ।
गत वर्षमा दशैंमा बैंकमा जनक शर्मा पौड्याल कार्यरत थिए । ग्लोबल आइएमई बैंकले दशैं भत्ता भएर पौड्याललाई ११ लाख रुपैयाँ दिएको छ । जुन जनता बैंकका परशुराम क्षेत्रीले पाएको भन्दा २ लाख बढी हो ।
SHARE YOUR THOUGHTS