काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युटबीच बैंकका ग्राहकवर्गलाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट,क्रेडिट र प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकहरुले चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युटमा उपचार गराउँदा तथा अन्य सेवा लिंदा विशेष छुट पाउँनेछन् । यो सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
हाल बैंकले ८५ वटा शाखा, ८२ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
SHARE YOUR THOUGHTS