यस्तो छ एनआइसी एशिया बैंकले सच्याएर पठाएको प्रेस विज्ञप्ति « Eglish Khabarhub

यस्तो छ एनआइसी एशिया बैंकले सच्याएर पठाएको प्रेस विज्ञप्ति



काठमाडौं । विगत २२ वर्षदेखि ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एनआइसी एशिया बैंकद्धारा मिति मंसिर ३, २०७६ मा जारी गरीएको ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ बिषयको प्रेस विज्ञप्तिका सम्वन्धमा विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित समाचारप्रति बैंकको ध्यानाकर्षण भएकोले यस सम्बन्धि सत्य तथ्य प्रस्ट्याउन यो विज्ञप्ति जारी गरिएको छ ।

बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई अधिकतम लाभ प्रदान गर्ने उदेश्यले ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ योजना सार्वजनिक गरेको जानकारी गराउदै उक्त योजना बैंकको ‘सुपर चमत्कारिक रिकरिङ्ग निक्षेप खाता’ को नाम परिर्वतन मात्र रहेको समेत जानकारी गराइन्छ ।

आम जनमासहरुलाई सजिलो संग बुझ्न र बुझाउन सजिलो होस भन्ने हेतुले यस योजनालाई ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ भनि नामाङ्कन गरीएको हो ।

रिकरिङ्ग निक्षेप एक विशेष प्रकारको मुद्दती निक्षेप योजना हो जसमा ग्राहकमहानुभावहरुले आफ्नो भविष्यको विभिन्न योजनाहरुको लागि चाहिने वित्तिय श्रोत जुटाउनका लागि मासिक रुपमा किस्ताको हिसाबले उक्त खातामा जम्मा गरी चाहिएको रकम जम्मा गर्न सकिन्छ ।

रिकरिङ्ग निक्षेप योजना अन्र्तराष्ट्रिय बैंकिङ्ग अभ्यासमा समेत निकै नै प्रचलित एवंम पहिला देखी नै संचालनमा रहेको योजना रहेको र नेपालमा समेत केहि बैंकहरुले विभिन्न नाममा रिकरिङ्ग निक्षेप योजनाहरु सञ्चालन गरी निक्षेप श्रोत परिचालन गरीरहेको छन् ।

यस बैंकले सार्वजानिक गरेको ‘सुपर चमत्कारिक खाताहरु’ अन्र्तगत उक्त ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ बचत खाता नभई एक विशेष प्रकारको मुद्दती खाता भएकोले ग्राहकले ३ महिनादेखि १० वर्षसम्मको लागि आफ्नो आवश्यकता अनुशार खाता खोल्न र मुद्दति निक्षेपकै ब्याज आर्जन गर्न सक्नेछन् ।

Publish on: