काठमाडौं । एनआईसी एसिया बैंकले नयाँ सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार ५० भन्दा बढी ऋणीले मंसिर ४ गतेदेखि लागु हुने गरी १६.५२ प्रतिशत कर्जामा ब्याज तिर्नुपर्ने भएको छ ।
बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ९.२५ र संस्थागत तर्फ ८.५० प्रतिशत रहेको छ । बैंकले हाल १४ वटा मुद्दति निक्षेप खाता सञ्चालनमा ल्याएको छ ।
बैंंकले बचतमा भने सबैभन्दा बढी ६.५ र कम ४.५ प्रतिशत ब्याज रहेको छ । हाल बैंकले ६३ वटा बचत खाता सञ्चालमा ल्याएको छ ।
कात्तिक मसान्तसम्मको बैंकको आधार दर ९.५२ प्रतिशत रहेको छ । बैंकको आधार दर असोज महिनामा ९.५१ प्रतिशत रहेको थियो ।
हाल बैंकका ग्राहकले २७ प्रकारका ऋण लिइरहेका छन् । बैंकबाट ऋण दिँदा हाल सबै भन्दा बढी १६.५२ प्रतिशत ब्याज लाग्ने छ भने कम ११.५२ प्रतिशत ब्याज तिर्नुपर्ने छ ।
बैंकले बाणिज्य, कृषि शिर्षकमा ऋण दिँला ११.५२ प्रतिशत ब्याजदर तोकेको हो । बैंकबाट होम लोन, अटो लोन, शैक्षिक धितोकर्जा, शैक्षिक धितोकर्जा लिँदा १६.५१ प्रतिशत ब्याज लाग्ने छ ।
एनआइसी एशिया बैंकबाट करिब ५० हजारले ऋण लिएका छन् ।
SHARE YOUR THOUGHTS