काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतका लागि १५ जना न्यायाधीश नियुक्तीका लागि सिफासिर गरेको छ ।
बुधबार बसेको परिषद् बैठकले महान्यायाधीवक्ता कार्यालयका सहसचिवबाट १ जना, अधिवक्ताबाट ८ जना र जिल्ला न्यायाधीशबाट ६ जनालाई उच्च अदालतका लागि सिफारिस गरेको हो ।
महान्यायाधीवक्ता कार्यालयका सह–न्यायाधीवक्ता गीताप्रसाद तिमिल्सिना, जिल्ला अदालतका न्यायाधीशहरु किरणकुमार पोखरेल, मुरारीबाबु श्रेष्ठ, सुदर्शनराज पाण्डे, दीपेन्द्र अधिकारी, रमेशराज पोखरेल, नरिश्वर भण्डारीलाई सिफारिस गरेको हो ।
त्यस्तै, अधिवक्ताहरु मिलनकुमार राई, राजुराम सिलवाल, मेरिना श्रेष्ठ, मिना गौतम सेढाँई, सोमकान्त मैनाली, देशबहादुर सार्की, रेखा थापा पाण्डे र किरण कुमारी गुप्तालाई उच्च अदालतका लागि सिफारिस गरिएको हो ।
SHARE YOUR THOUGHTS