काठमाडौं । हिमाली क्षेत्रमा उडान गरिरहेको समिट एयरले नयाँ विमान ल्याएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कार्कीका अनुसार बिहीबार नाईन–एनसी–४१० मोडलको विमान ल्याएको हो ।
यो विमानसँगै कम्पनीसँग ४ वटा विमान भएका छन् । कार्कीका अनुसार नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाएसँगै पहिले नै उडान भइरहेका क्षेत्रमा थप गरिनेछ ।
‘नेपाल भ्रमण वर्षलाई लक्षित गरी विमान ल्याएका हौं, आगामी वर्षमा थप २ वटासम्म विमान ल्याउने योजना छ’ कार्कीले क्लिकमाण्डूसँग भने ।
उनका अनुसार ३÷४ दिनमै प्राधिकरणबाट स्वीकृति पाउने विश्वास व्यक्त गरे ।
१८ सिट क्षमताको विमान चेक रिपब्लिकबाट ल्याइएको हो ।
एयरले काठमाडौं, नेपालगञ्ज र पोखरालाई आधार बनाएर हिमाली क्षेत्रमा उडान गरिरहेको छ ।
SHARE YOUR THOUGHTS