काठमाडौं । लगातार सेयर बजारमा आएको गिरावटले बजार ११ सय तर्फ फर्किएको छ । साताको पहिलो दिन आइतबार नेप्से मापनगर्ने सूचक १०.५४ अंकले घटेर १११०.०८ बिन्दुमा रोकिएको छ ।
ठूला कम्पनीको कारोबार मापनगर्ने सेन्सेटिभ इन्डेक्स २.०३ अंकले घटेर २४४.८६ बिन्दुमा रोकिएको छ । १६२ कम्पनीको ९ लाख २९ हजारस ७४४ कित्ता सेयर २८ करोड ५ लाख ३४ हजार ४१५ रुपैयाँको सेयर किनबेच भएको छ । १२ समूहको कारोबारमा बैंकिङ समूह १०.४७, डेभलपमेन्ट बैंक १०.३९, निर्जीबन बीमा समूह ५७.१५, जीवन बीमा समूहको उपसूचक ४८.०८ अंकले घटेको छ ।
कारोबार रकमको आधारमा एनएमबी बैंक अग्रस्थानमा रहेको छ । एनएमबी बैंकको २ करोड ११ लाख ५९ हजार ४ सय रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रोमा क्रमशः नेपाल बैंक र साना किसान विकास बैंक रहेको छ । नेशनल हाईड्रोपावर कम्पनी, अपी पावर कम्पनी, लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन भने साल्ट टे«डिङ कर्पोरेशन, गोर्खाज फाइनान्स, प्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्ताले गुमाएका छन् ।
SHARE YOUR THOUGHTS